Comments Add Comment

भूवन भन्छन्–‘अबको फिल्ममा अनमोल हिरो, म भिलेन’

नायक भूवन केसीले आफ्नै होम प्रोडक्शनमा बन्न लागेको नयाँ चलचित्रमा आफू भिलेनको अवतारमा देखिन लागेको खुलाएका छन् । आइतबार बेलुकी काठमाण्डौमा आयोजना भएको चलचित्र ‘मिस्टर नेपाली’को इन्डक्ल्याप कार्यक्रममा आफ्नो फेरिदो गेटअपको बिषयमा बोल्दै भूवनले भने–‘अहिले हामी हाम्रो होम प्रोडक्शनको नयाँ चलचित्रको तयारी गरिरहेका छौ । जहाँ, नायक अनमोल केसी लभर ब्वाइको भूमिकामा देखिदैछन् । म भने पूर्ण रुपमा भिलनेको अवतारमा देखिदैछु ।’

नायक केसीले यसका लागि फूलेको लामो दाह्री पाल्न लागेको जानकारी दिए । भूवनको गेटअप पनि अहिले परिवर्तन भएको छ । चलचित्र ‘ए मेरो हजुर ३’ सुपरहिट भएपछि नायक अनमोल केसी अहिले मौन छन् । उनले, आफू कतै नहराएको तर नयाँ अन्वेषण गरिरहेको खुलाएका छन् ।

भूवनका अनुसार, अनमोल र उनको मुख्य भूमिका रहने चलचित्रको छायांकन तिहारपछि सुरु हुँदैछ । यो चलचिलाई एफडी कम्पनीले वितरण गर्ने पनि पक्का भैसकेको छ । भूवनले एफडीसँग वितरणको बिषयमा आइतबार नै संझौता समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment