Comments Add Comment

कुलेखानीको बाँध खोल्ने योजना स्थगित, टर्वाइनबाटै निकासको प्रयास

३० असार, काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको सरोवरको बाँध खोल्ने तयारी स्थगित भएको छ ।

ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकाल्ने तयारी थालिएको थियो । तर, अहिले पानी बढ्ने दर घटेकाले टर्वाइनबाटै नियन्त्रित निकास भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको थियो ।

कुलेखानीको पानी कुलेखानी खोला हुँदै बाग्मती खोला भएर बग्छ । बाँध खोलेको अवस्थामा मकवानपुरका भिमफेँदी, इन्द्रसरोवर, बाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिक सचेत हुनुपर्छ ।

कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर छ । अहिले पानी १ हजार ५२६.१८ घनमिटर पानी छ ।

३७ वर्षअघि निर्माण गरिएको ड्याम समुन्द्री सतहबाट ११४ मिटर उचाइमा छ ।

कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ । कुनै प्रसारणलाइन बिग्रँदा वा सब-स्टेसनमा गडबडी आउँदा प्राधिकरणले यो आयोजना सञ्चालन गरेर विद्युत आपूर्ति गर्छ । आपतका बेलामा सञ्चालन गर्न सकिने ‘रिजर्भवायर प्लान्ट’ प्राधिकरणसँग यो एक मात्र हो ।

सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

यो पनि पढ्नुहोस कुलेखानीमा पानी भरिएपछि बाँध खोलिँदै, गृहले भन्यो- सतर्क रहनू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment