
३० असार, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी पहिरोबारे संसदमा छलफल गरौं भन्दा बैठक स्थगित भएको भन्दै आपत्ति जनाएका छन् ।
संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले भने, ‘देशभरी बाढी आएको छ, पहिरो गएको छ । यो बेलामा संसद एकवद्ध भएर छलफल गरौं । संसदहरु पनि जनताको पक्षमा छौं भन्ने सन्देश दिने प्रस्ताव राख्दा बैठक नै स्थगित गरे ।’
मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु अचम्म भएको उनले बताए । । उनले भने, ‘हामी यसको भर्त्सना गर्छौं । यो गर्नै नहुने कुरा हो ।’
कसैले तर्साएपछि सभामुखले बैठक नराखेको हुनसक्ने देउवाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4