News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले विनियोजन विधेयक–२०८३ का सिद्धान्त तथा प्राथमिकताले सरकारको इच्छा देखिए पनि कार्यान्वयन हुने आधार पुष्टि हुन नसकेको बताए।
- सांसद मिश्रले विनियोजन विधेयकका ५ मार्गदर्शक सिद्धान्तहरू सबै तथ्यमा आधारित छन् त भन्ने प्रश्न उठाएको उल्लेख गरे।
- उनले सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, सामाजिक उन्नयन र सौम्य शक्ति सुदृढीकरणमा स्पष्टताको अभाव रहेको टिप्पणी गरे।
४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले विनियोजन विधेयक–२०८३ का सिद्धान्त तथा प्राथमिकताले सरकारको इच्छा, आकांक्षा ठूलो देखिए पनि कार्यान्वयन हुने कुनै आधार पुष्टि हुन नसकेको बताएका छन् ।
राष्ट्रिय सभामा विनियोजन विधेयक–२०८३ का सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कार्यान्वयन हुने आधार सरकारले प्रस्तुत गर्न नसकेको टिप्पणी गरे ।
‘प्रस्तुत सिद्धान्त र प्राथमिकताले सरकारको इच्छा, आकांक्षा ठूलो देखिएको छ तर कार्यान्वयन हुने आधार पुष्टि हुन सकिरहेको छैन,’ उनले भने, ‘सिद्धान्तको अर्थ सिद्ध भइसकेको तथ्य भन्ने जनाउँछ, के विनियोजित विधेयकका ५ वटा मार्गदर्शक सिद्धान्तहरू सबै तथ्यमा नै आधारित छन् त ? प्रश्न उठ्न सक्छ ।’
सांसद मिश्रले सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन तथा सौम्य शक्ति सुदृढीकरणजस्ता अवधारणामा स्पष्टताको अभाव रहेको टिप्पणी पनि गरे ।
‘सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र सौम्य शक्ति सुदृढीकरणलाई पढ्दै जाँदा सबै ठाउँमा सिद्धान्तको अर्थ प्रष्ट नहुने देखिन्छ, यो सरकार बनेको युवाहरूको जोडबलमा हो,’ उनले भने ।
प्रतिक्रिया 4