+
+
Shares

मूल्य समायोजन मागसहित निर्माण व्यवसायीले दिए विकासे विभागमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल निर्माण व्यवसायी महासंघले सोमबार खानेपानी तथा ढल व्यवस्थापन विभाग र शहरी विकास तथा भवन निर्माण विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको छ।
  • महासंघका संयोजक नवराज श्रेष्ठले मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे महानिर्देशकहरूलाई जानकारी गराएका छन्।
  • महानिर्देशकहरूले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण समस्या आएको स्वीकार्दै सरकारले उपयुक्त निर्णय गर्ने बताए।

४ जेठ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार सोमबार खानेपानी तथा ढल व्यवस्थापन विभाग र शहरी विकास तथा भवन निर्माण विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको छ ।

महासंघ अन्तर्गतको एसोसिएट सदस्य समन्वय समितिको तर्फबाट दुई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाइ आधा घण्टा धर्ना दिइएको हो । एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशकद्वयलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे अवगत गराए ।

जवाफमा महानिर्देशकद्वयले इन्धन तथा निर्माण सामाग्रीहरूमा भइरहेको मूल्यवृद्धिका कारण निर्माण उद्योग असहज अवस्थामा पुगेको स्विकार गर्दै उपयुक्त ढंगले समस्या समाधानको पहल भइरहेको जानकारी दिए ।

निर्माण व्यवसायीहरूले राहत महसुस गर्ने गरी सरकारले चाँडै उपयुक्त निर्णय गर्ने महानिर्देशक द्वयको भनाइ थियो । पश्चिम एसियामा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमीक लागतमा भइरहेको मूल्यवृद्धिले निर्माण कार्य प्रभावित भएको भन्दै महासंघ आन्दोलित भएको हो ।

महासंघको निर्देशन अनुसार हाल सात प्रदेश निर्माण व्यवसायी महासंघ र ७७ जिल्ला निर्माण व्यवसायी संघहरूले मूल्य समायोजनको माग सहित आन्दोलनका विविध कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?