Comments Add Comment

फलफूल तथा तरकारी खानुअघि ध्यान दिनैपर्ने कुरा

विशेषगरी फल तथा तरकारीमा डीडीटी, एचसीएच, एन्डासुलफोन, सिन्थेटिक फिरियथाइराइड,  आदि दूषित पदार्थ हुन्छन् र यिनले रगतलाई दूषित बनाउँछन् ।

त्यसैले बालबालिकाहरूमा मस्तिष्कको क्यान्सर हुन सक्छ । महिलाहरूमा पनि छातीको क्यान्सरको सम्भावना रहन्छ ।

आँप: अहिले आँको सिजन छ । बजारभरी थरि-थरिका आँप उपलब्ध छन् । यद्यपि, हामीले खाने ती आँपहरुलाई प्राकृतिक रुपमै पाकेका हुन् कि जबर्जस्ती पकाइएको हो भन्ने कुरामा ध्यान दिनु पर्छ ।

आँका पारखीहरु त्यसको रंग हेरेरै खान योग्छ छ कि छैन भन्ने कुरा पत्ता लगाइदिन्छन् । आँपलाई जबर्जस्ती पकाउनका लागि क्याल्सियम कार्वाइड नामक विषादीको प्रयोग गरिन्छ । त्यसैले उक्त विषादीबाट बच्नका लागि हामीले काँचैं आँप किन्न सक्छौं । काँचो आँप किनेर घरमा ल्याएपछि त्यसलाई चामलको बोरा अथवा पत्रिकाले बेरेर अँध्यारो ठाउँमा राख्ने हो भने केही दिनपछि आफैं पाक्छ ।

स्याउ: हरेक दिन एउटा स्याउ खानुलाई स्वस्थकर मानिन्छ, तर हामीले खाने स्याउ नै विषादीरहित हुनु अनिवार्य छ । स्याउलाई विषादीरहित बनाउने उपाय अति नै सरल छ । स्याउ खानुअघि त्यसको बोक्रालाई तासेर फालिदिने हो भने  उक्त स्याउ विषादीरहित हुन्छ ।

आलु: आलुको बोक्रा तासेर राम्ररी धुनुपर्छ । त्यसरी धोएको आलुलाई काटेपछि कम्तीमा पानीमा २० मिनेट भिजाएर राख्नु पर्छ । त्यसपछि पुनः एक पटक राम्ररी पखालेर पकाउनुपर्छ ।

गोलभेंडा: काँचो गोलभेंडा खानु राम्रो मानिंदैन । खानै परेमा राम्ररी धोएर मात्र खानु पर्छ । विषादी मिसाइएको गोलभेंडा त काँचै खानै हुँदैन । त्यसैले सकेसम्म गोलभेंडालाई पकाएर मात्र खाने गर्नुपर्छ ।

पालुङ्गो: पालुंगोमा पनि पेस्टिसाइडको मात्रा बढी हुन्छ । त्यसैले पालुङ्गो पकाउनुभन्दा अघि पानीमा राम्ररी पखाल्नु पर्छ । पानीमा पखालेपछि पानी सुख्खा भएपछि त्यसलाई मसिनो टुक्रा पारेर पकाउनु पर्छ ।

गाजर: काँचो गाजर खानुभन्दा अघि सफा पानीले राम्ररी पखाल्नु पर्छ । गाजरलाई पखालेपछि तास्न पनि सकिन्छ । यदि गाजरलाई पकाउने हो भने केही समय नुन पानीमा डुबाउन पनि सकिन्छ ।

भन्टा: बजारमा पाइने चिल्लो खालको भन्टा स्वस्थकर हुँदैन । त्यसमा कार्बोफ्लुराइन नामक रसायन प्रयोग गरेर त्यसलाई चम्किलो बनाइएको हुन्छ । त्यस्तो भन्टा नकिन्नु नै उपयुक्त हुन्छ । यदि किनिसकेका छौं भने पानीमा राम्ररी पखालेर चर्को आँचमा पकाउनु पर्छ ।

बन्दाकोभी: बन्दाकोभीमा बर्खे किरा परेको हुनसक्छ । त्यसैले बन्दाकोभी पकाउँदा बाहिरी आवरणका पातहरुलाई झिकेर फाल्नु पर्छ । बाहिरी आवरणमा विषादीको प्रयोग भएको हुनसक्छ । बाहिरी पात फालेपछि बन्दाकोभीलाई पाँच-छ टुक्रा बनाएर नुनपानीमा केही समय डुबाउनु पर्छ । त्यसपछि पानीबाट बाहिर निकालेर मसिनो टुक्रा पारेर पकाउँदा उक्त बन्दा स्वस्थकर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment