Comments Add Comment

व्यापारीलाई धम्की दिँदै रकम असुल्ने राजेन्द्र लामा पक्राउ

३१ असार, काठमाडौं । व्यापारीलाई धम्की दिँदै रकम असुल्ने ‘निमा’ भन्ने राजेन्द्र लामा कोटेश्वरको शुभकामना मार्गबाट पक्राउ परेका छन् ।

काभ्रेको साविक भिमखोरीका स्थायी बासिन्दा लामालाई मंगलबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इञ्चार्ज एवमं प्रहरी निरीक्षक एलिजा गिरीले अनलाइनखबरलाई बताइन् ।

आवश्यक कारबाहीका लागि उनलाई महानगरीय प्रहरी वृत्तमा बानेश्वरमा पठाइने छ ।

उनले कोटेश्वर क्षेत्रका व्यापारीहरुबाट मासिक रुपमा रकम उठाउने र नदिए मार्ने धम्कीसमेत दिने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय ६-७ जनाको समूहमा आएर एक जना व्यापारीलाई धम्की दिएको उजुरी कोटेश्वर प्रहरीमा परेको थियो ।

लामाले सिनामंगलमा कपडा पसल खोले पनि महिनावारी रकम उठाउने कार्यलाई निरन्तरता दिइरहेको प्रहरीको भनाइ छ ।

उनलाई २०७४ फागुनमा दरबारमार्गबाट पनि प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment