Comments Add Comment

शिल्पालाई छविको पत्र–‘मेरो अदालतमा आउनुहोस्, न्याय पाउनुहुन्छ’

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाले ३ बर्ष अगाडि गुपचुप बिहे गरे । छवि र शिल्पाको बिहेको तस्वीर अहिलेसम्म पनि सार्वजनिक भएको छैन । एक रिसोर्टमा थोरै आफन्तको साथमा उनीहरुले केही घन्टामै बिहे गरेका थिए । शिल्पा र छविको बिहे गुपचुप भयो । बिहे हल्ला गरेर गर्ने तर अलग हुँदा गुपचुप गरेर एक अर्काको सम्मान गर्ने शैली नेपाली समाजमा धेरै देखिन्छ । तर, शिल्पा र छविको हकमा यो देखिएन । गुपचुप बिहे गरेका यी दुइको सम्बन्ध अहिले डिभोर्सको अवस्थामा पुगेको छ । शिल्पाका पछिल्ला अभिव्यक्ति हेर्दा पनि उनीहरु डिभोर्स नजिक पुगेको वुझ्न सकिन्छ ।

तर, डिभोर्स नजिक पुगेका उनीहरु एक अर्कालाई उदाङ्गो बनाउन लागिपरेका छन् । एकले अर्कालाई दोष थोपरेर ३ बर्षको अन्तरालमा घर भित्र भएका गोप्य कुरा समेत मिडियामा सार्वजनिक भैरहेका छन् । यसैविच, शिल्पाले डिभोर्सका लागि फाइल गरिसकेको बताएपछि निर्माता छविराज ओझाले फेसबुकमा पत्र लेख्दै उनलाई मिल्नका लागि आग्रह गरेका छन् ।

छविले लेखेका छन्–‘मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध विच्छेद भैसकेपछि तपाईसँग जीन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबै कुरा संझौता गरेर बिहे गरेकी श्रीमती हो तपाई । छातीमा हा राखेर आज एकछिनलाई आफैलाइ नढाटी संझनुहोस् तपाइले लगाएका आरोपहरु कती सत्य छन् ? यदि, तपाई पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै वुढेसकालको साहरा बन्न सक्नुहुन्छ भने म पनि मेरा कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

छविले शिल्पा आफूसँग बस्न नसक्ने भए एकपटक सँगै टेबलमा आएर कुरा गर्न समेत आग्रह गरेका छन् । उनले, आजसम्म कुनै पनि श्रीमतीलाई आफूले अन्यायमा नपारेको समेत लेखेका छन् । छविले अन्त्यमा लेखेका छन्–‘संसारको कुनै पनि अदालत तपाई जानु पर्दैन । छवि ओझाको अदालत सिधै आउनुहोस् । तपाइले न्याय पाउनुहुन्छ ।’

छविले शिल्पालाई अलग नै हुने भए पनि एकपटक आफूसँग आएर कुरा गर्न भनेका छन् । तर, शिल्पाले भने छविलाई वकिलसँग नै भेट गर्न भन्ने गरेको छविले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment