Comments Add Comment

३६ बर्षमा कट्रिना

बलिउड नायिका कट्रिना कैफ आज आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी, आजबाट ३६ बर्षमा प्रवेश गरेकी छिन् । कट्रिनाले मेक्सिकोमा आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।बलिउडमा निकै सुन्दरी नायिकाको रुपमा परिचित कट्रिनाले जीवन यात्रा पनि रमाइलोसँग बितिरहेको देख्न सकिन्छ ।

नायिका कैफको करिअर कहिले उकालो र कहिले ओरालोमा बितिरहेको छ । हालैमात्र, उनी अभिनित चलचित्र ‘भारत’ बक्स अफिसमा हिट भयो । कट्रिनाको प्रेम जीवन पनि चर्चामा रहेको पाइन्छ । उनी, नायक सलमान खानसँग केही समय प्रेममा थिइन् ।

तर, सलमानसँग प्रेममा रहँदा नै उनको र नायक रणवीर कपुरको सम्बन्ध जोडियो । रणवीरसँग उनको प्रेम ६ बर्ष चल्यो । तर, शंकै शंकाले उनी र रणवीर अलग भए । रणवीरसँग अलग भएपछि कट्रिना फेरि सलमानसँग नजिक भएको चर्चा चलचित्र बजारमा चल्ने गरेको छ । कट्रिना हाल चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छिन् ।

अहिले निकै रमाइलो जीवन जिइरहेकी कट्रिनाको बाल्यकाल कस्तो बिताएकी थिइन् त ? यो धेरैको चासोको विषय हुन्छ । हामीले यहाँ कट्रिनाका बाल्यकालका केही तस्वीरहरु प्रस्तुत गरेका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment