Comments Add Comment

साझा पार्टीका नेतालाई गुप्तचरका सदस्य भेट्न प्रतिबन्ध

Photo Credit : प्रकाशचन्द्र परियार

३१ असार, काठमाडौं । साझा पार्टीले आफ्ना नेताहरुलाई गुप्तचर निकायका सदस्यसँग भेट गर्न रोक लगाएको छ ।

मंगलबार सार्वजनिक पार्टीको निर्देशिकाको छैटौं बुँदामा पार्टी केन्द्रीय समितिका सदस्यहरुले कुनै पनि गुप्तचर निकायका सदस्यसँग भेट गर्न पाउने छैनन् भनिएको छ । साथै औपचारिक कार्यक्रम वा पार्टीको विदेश विभागले अनुमति दिएको काममा मात्र दूतावास जान पाइनेछ ।

विदेशी दूतावासका सदस्य एवं विदेशीहरुसँगको भेट पार्टी कार्यालय वा तटस्थ स्थानमा मात्र भेट्नुपर्ने, भेटमा विभागका एक सदस्यलाई राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । दूतावास वा आईएनजीओले राजनीतिक अर्थ र असर राख्ने कार्यक्रममा बोलाए पार्टीलाई जानकारी गराउनुपर्ने र पठाउने नपठाउने निर्णय विदेश विभाष्ले गर्नेछ ।

निर्देशिका पालना नभए विदेश विभागले स्पष्टिकरण सोधेर अनुशासनको कारबाहीका लागि सिफारिस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment