Comments Add Comment

न्युजिल्याण्डका प्रशिक्षक भन्छन् – विश्वकप बराबरीमै ठीक !

३१ असार, काठमाडौं । न्युजिल्याण्ड क्रिकेट टिमका मुख्य प्रशिक्षक ग्यारी स्टेडले विश्वकप फाइनलमा खेल बराबरी हुने अवधारणामा विचार गर्नुपर्ने बताएका छन् ।

विश्वकपमा निर्धारित ५० ओभर र सुपर ओभरमा समेत बराबरी भएपछि बाउण्ड्री गणनामार्फत न्युजिल्याण्ड इंग्ल्याण्डसँग पराजित भएको थियो ।

‘यति लामो प्रतियोगितामा लगातार राम्रो गर्दै फाइनलमा गएर स्पस्ट भिन्नताबिना हार्नुपर्दा नराम्रो त लाग्छ नै । अहिले नियमअनुसार भएकाले धेरै केही भन्नु मिल्दैन तर आउने समयका लागि यसमा विचार गरिने सक्ने ठाउँहरु देखिएको छ’ मुख्य प्रशिक्षक स्टेडले भनेका छन् ।

विश्वकपमा बराबरीको अवधारणा हुनुपर्ने प्रशिक्षक स्टेडको भनाइ आउनु पछाडिको कारण न्युजिल्याण्ड टोलीको नाटकीय हार नै हो । निर्धारित ५० ओभरमा भएको २४१ रनको बराबरी, अन्तिम ओभरमा भएको ओभर थ्रो रन, सुपर ओभरमा भएको १५ रनको बराबरी सबैले खेल नाटकीय बनेको थियो ।

न्युजिल्याण्डका ब्याटिङ प्रशिक्षक क्रेग म्याकमिलानले पनि न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको फाइनल खेल बराबरीमा नै सकिन दिएको भए राम्रो अन्त्य हुने विचार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment