Comments Add Comment

प्रदेश ५ टिम च्याम्पियन

३१ असार, काठमाडौं । प्रदेश ५ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

मंगलबार सम्पन्न ११औं राष्ट्रपति रनिङ शिल्डअन्तर्गत विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा १३ स्वर्णसाथ प्रदेश १ दोस्रो तथा १२ स्वर्णसाथ सुदूरपश्चिम तेस्रो बन्न सफल भए ।

प्रतियोगितामा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बने । त्यसमा पनि प्रदेशकै वर्चस्व रह्यो । चारै कीर्तिमान प्रदेश ५ का खेलाडीले बनाए । छात्रको ४ गुणा ४ सय मिटर रिलेमा सिमान पाण्डे, लेखनाथ महर, वेदबहादुर ओली र श्रवन केवतले कीर्तिमान बनाए ।

सोही स्पर्धाको छात्रामा अरुणा रिजाल, पुर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले कीर्तिमान रचे । त्यस्तै छात्राको सटपुटमा संगीता अधिकारी तथा ४ सय मिटर दौडमा अरुणा रिजालले कीर्तिमान स्थापित गरे । प्रत्येक कीर्तिमान धारी खेलाडीले १० हजार नगद प्राप्त गरेका छन् ।

एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी  खेल प्रतियोगितामा समावेश थियो । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए । त्यस्तै टिममा पहिलो हुनेले २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १ हजार ५ सय नगद पुरस्कार हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment