+
+
Shares

तीन महिना पुरानो मुद्दामा सुदर्शनको बयान

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते १८:४३

१ साउन, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका नेता हेमन्तप्रकाश ओली ‘सदुर्शन’लाई बयानका लागि महाराजगञ्ज ल्याइएको छ ।

करिब तीन महिना पुरानो राज्यविरुद्धको कसूर अन्तरगतको मुद्दामा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले बयान लिएको हो ।

वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले बानेश्वर प्रहरीले पक्राउ गरेका विप्लव समूहका काठमाडौं जिल्ला समिति सदस्य नविन विष्टको मुद्दामा उनी पनि जोडिएका थिए ।

‘सोही घटनाको सिलसिलामा उहाँलाई उपस्थित गराइदिन आग्रह गरेका थियौं’, प्रसाईंले अनलाइनखबरसँग भने, ‘विहानै बयान लिएर पठाइसकेका छौं ।’

इन्स्पेक्टर प्रकाश थापाका अनुसार केही दिनअघि बयानका लागि उपस्थित गराइदिन नख्खु कारागार प्रशासनलाई प्रहरीले पत्राचार गरेको थियो । ‘त्यही अनुसार कारागार प्रशासनले बुधबार उनलाई कार्यालयमा उपस्थित गराएको हो’, थापाले भने, ‘बयान लिएर हामीले फेरि पठाइसकेका छौं ।’

कानूनत: सरकारी वकिलको रोहवरमा बयान लिने गरिन्छ । तर, अभ्यासमा प्रहरी कार्यालयमै बयानको खेस्रा तयार पार्ने चलन छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?