+
+
Shares

वीपी राजमार्ग एकतर्फी खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २ गते ७:४८

२ साउन, काठमाडौं । लेदो माटोसहितको पहिरो खसेपछि अवरुद्ध भएको वीपी राजमार्ग एकतर्फी खुलेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका-५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो अवरुद्ध भएको थियो ।

डोजरले माटो पन्छाएपछि बिहानपख बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बाटो बन्द हुँदा काठमाडौंतर्फबाट जाने गाडीलाई काभ्रेमा र पूर्वतर्फबाट आउने गाडीलाई सिन्धुलीमा रोकिएको थियो ।

एकतर्फी बाटो खुलेपछि गाडीहरु पालैपालो गन्तव्यमा जान थालेका छन् । क्रसरको लेदो माटो खस्दा बाटो बन्द हुने र डोजरको सहायताले खुलाउने गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?