+
+

प्रसूति गृहमा सुत्केरी र बच्चाको मृत्यु भएपछि तनाव : दुबै पक्ष वार्तामा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २ गते १४:३३

२ साउन, काठमाडाैं । सुत्केरीको निधन भएपछि तनावग्रस्त बनेको थापाथलीस्थित प्रसूति गृहमा अहिले बिरामी पक्ष र अस्पताल प्रशासन बीच वार्ता भइरहेको छ। बिरामी पक्षले अस्पतालको लापरवाही भनेर दाबी गरेपनि त्यो गलत भएको अस्पताल प्रशासनले जनाएको छ।

नुवाकोट दुप्चेकी कल्पना तामाङलाई गत मंगलबार सुत्केरी गराउन अस्पताल भर्ना गरिएको थियो। हिजो बुधबार अपरशेनको क्रममा बच्चा र आमा दुबैको मृत्यु भयो।त्यसपछि मृतकको आफन्तहरु आक्रोशित बनेका थिए। मृतकका आफन्तको आरोप अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाही भएको भन्ने छ।

अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले अस्पतालको तर्फबाट कुनै गल्ती नभएको बताए भने, ‘जटिल किसिमको शल्यक्रियमा कहिलेकाहीँ यस्तो हुन्छ। हाम्रो यस्तो लापरवाही भएको छैन्। आफन्तको मृत्यु भएपछि आक्रोशित हुनु स्वाभाविक हो। तर, लापरवाही भन्दै गर्दा के लापरवाही भयो ‘प्रुफ’ त देखाउनु पर्‍याे नि।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?