Comments Add Comment

सरोजको गुनासो–‘मैले नियोजित रुपमा फोटो खिचेको थिइनँ, बोर्डले गुन विर्सियो’

राष्ट्रपति भवन शितल निवासमा गत शुक्रबार ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ वितरण गरियो । उक्त पुरस्कार वितरण कार्यक्रम निकै विवादित बन्यो । अझ, अभिनेता सरोज खनालले शौचालयको कमोडमाथि बसेको फोटो फेसबुकबाट सार्वजनिक गरेपछि यसमा थप विवाद सुरु भएको थियो ।

त्यसको केही दिनमा विकास बोर्डले विज्ञप्ती जारी गर्दै उक्त तस्विर नियोजित रुपमा खिचाइएको उल्लेख गर्यो । तर, कलाकार खनाल सो तस्वीर नियोजित रुपमा नखिचिएको दाबी गर्छन् ।

अनलाइनखबरको कुराकानीमा उनले भने–‘त्यो तस्विर सुनियोजित तरिकाले खिचिएको थिएन । त्यहाँ हामीले भोगेको समस्यालाई मैले देखाएको मात्र हो ।’ करिश्मा मानन्धरले केही समय अगाडिदेखि नै राष्ट्रपति कार्यलयमा अवार्ड हुने भनेपछि यसमा टिप्पणी गर्दै आइरहेकी थिइन् । उनै करिश्माको फेसबुक पोष्टमा सरोजले आफू कमोडमा बसेको तस्वीर पोष्ट गर्दै प्रतिक्रिया जनाएका थिए । यो विषयमा विकास बोर्डले विज्ञप्ती नै निकाल्नु पर्ने कुनै आवश्यकता नभएको सरोज बताउँछन् ।

उनले भने–‘मैले कसैलाई लक्षित गरेर उक्त तस्विर सार्वजनिक गरेको होइन । आफ्नो फेसबुकमा पोष्ट गरेको पनि छैन । यस्तो भयो है भनेर मनको कुरा करिश्माजीलाई शेयर गरेको थिएँ । त्यसमा विकास बोर्डले विज्ञप्ती निकाल्न जरुरी नै थिएन ।’

कतिपयले सरोज खनालले अवार्ड नपाएकाले उक्त तस्विर खिचाएको र बेइज्जत गरेको आरोप लगाइरहेका छन् । यस विषयमा सरोज भन्छन्–‘मलाई अवार्डसँग कुनै सरोकार थिएन । दर्शकले माया गर्नु नै अवार्ड हो । नत्र, मन नपराएको खण्डमा अवार्ड मात्र पाएर अर्थ छैन ।’

आफूले त्यहाँ गएर प्रस्तुती दिएको कुरालाई विकास बोर्डले बिर्सिएको उनको गुनासो छ । ‘मलाई अवार्ड पाउँदिन भन्ने पहिल्यै थाहा थियो । तर पनि तीन वर्षपछि बल्ल अवार्ड हुन लागेको छ भनेर मैले नृत्य गरेको थिएँ । मेरा समकालिन सबैलाई उहाँहरुले भन्नुभएको थियो । तर, अरुले नमान्दा पनि मैले नृत्य गरे’, गुनासो गर्दै सरोज भन्छन्, ‘खै, त्यो गुनलाई विकास बोर्डले कहाँ सम्झियो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment