+
+
Shares

प्रभु बैंकको ‘वेलकम र स्यालरी सेभिङ’मा बीमा सुबिधा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २ गते १८:४७

२ साउन, काठमाडों । प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले श्रावण १ गतेदेखि ‘प्रभु वेलकम सेभिङ’ र ‘प्रभु स्यालरी सेभिङ’ बचत खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधाको माध्यमबाट ‘प्रभु वेलकम सेभिङ’ र ‘प्रभु स्यालरी सेभिङ’ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत ३ लाख र दुर्घटना बिमा बापत १० लाखसम्मको जोखिम बैंकले वहन गर्नेछ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनिय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?