Comments Add Comment

युवतीहरुका लागि ‘युनिसेक्स समूह’ कति आवश्यक ?

आज भोलि महिला तथा पुरुषहरुबीच पनि मित्रता हुन थालेको छ । केही समय अघिसम्म अपरिचित पुरुष तथा महिलाबीचको सम्बन्धलाई प्रेमको दृष्टिकोणले मात्र हेरिन्थ्यो तर आज यो दृष्टिकोणमा परिर्वतन आएको छ ।

पुरुष र महिलाबीच प्रेम मात्रको सम्बन्ध नभएर मित्रताको सम्बन्ध पनि हुन्छ भन्ने सोचाई बढ्न थालेको छ । तर आज पनि महिला र पुरुषको मिश्रति समुहमा लैगिंक विविधता देखिन्छ र यसका अनेकौ फाइदाहरु पनि छन् ।

महिला र पुरुष दुई फरक लिंग हुन्, जसको व्यवहार, व्यक्तित्व,इच्छा र सोचाई फरक-फरक हुन्छ । यसको कारण बाल्यकालदेखि नै उनीहरु आफ्नो लिंग (महिला तथा पुरुष) अनुसार नै चल्दै आएका हुन्छन् । जस्तो उनीहरुले प्रयोग गर्ने खेलौना, रंग आदि युवकले नीलो रंगको मन पराउँछ ।

उनीहरु एयरप्लेन, फुटबल, क्रिकेट खेल्न रुचाउँछन भने युवतीहरु गुलावी रंग मन पराउनु, पुतली, भाँडाकुटी जस्ता खेल खेल्न रुचाउँछन् । यसरी सानैबाट महिला-पुरुषबीचमा लौगिंक विविधता हुन थाल्छ  ।

महिला र पुरुषको व्यवहारमा पनि फरक पाईन्छ । महिलाहरु स्वभावैले शीतल अनि शालिन हुन्छन भने पुरुषहरु उत्तेजक र रिसाहा स्वभावका हुन्छन् । महिला तथा पुरुषमा भएका यी विविधताका कारण ठुलो भएर पनि उनीहरु आफ्नै  लौंगिक समुहमा मिसिन्छन् । त्यस्तै उनीहरुको विचार, हाउभाउ, सोच र दृष्टिकोण पनि उस्तै हन्छ ।

युवतीहरुको समुहमा के कुरा गर्छन् ?

युवतीहरुकै समुहमा रमाउने युवतीहरु युवती र युवक साथीहरुको मिश्रति समुहभन्दा नितान्त फरक हुन्छन् । उनीहरुले कुराकानी गर्ने प्रसंग पनि रोचक हुन्छन् । उनीहरुको कुराकानीको विषय नै पुरुष हुने गर्छन् ।

युवकहरु आफ्नो समुहमा कस्तो कुरा गर्छन् भन्ने बारेमा पनि युवतीहरुको समुहमा कुराकानी हुने गर्छ । यसबाहेक युवतीहरुको समुहको अर्को टप टपिक भनेको डे्रसअप र मेकअप हो । कुन युवतीले कुन अवसरमा कुन लुगा लगाएकी थिइन् कस्तो मेकअप गरेकी थिइन्, कस्तो जुत्ता लगाएकी थिइन्, हेयर स्टाइल कस्तो थियो जस्ता विषयमा कुराकानी गर्छन् ।

अर्कोतिर, यदि कुनै युवती युवकहरुको समुहमा साथी छिन् भने उक्त मिश्रति समुहले भने उनीहरुको कुराकानीको विषयवस्तु नै फरक हुन्छ । उनीहरु केही बौद्धिक शैलीका कुराकानी पनि गर्छन् भने एक-अर्कालाई परेको समस्याहरुमा पनि छलफल गर्छन् । यद्यपि, समुहमै भए पनि युवक र युवतीबीचको सोचाइ र भोगाइका अनुभवहरु भने अलग-अलग हुन्छन् ।

त्यसो त युवाहरु प्रँयः विपरित लिंगीका कुराकानीमा पनि रमाउने गर्छन् । त्यसैले त युवकहरुको समुहको कुराकानी विषय प्रायः युवती नै हुने गर्छिन् । यद्यपि, युवकहरु ग्याजेटदेखि खेलकुदका विषयमा पनि छलफल गरिरहेका भेटिन्छ ।

पछिल्लो समयमा भने युवक-युवक तथा युवती-युवती भन्दा पनि युवा-युवती मिश्रति समुहको बाहुल्यता बढ्न थालेको छ । उनीहरुलाई आफू भन्दा विपरित लिंगका कुराहरु रमाइलो लाग्छ । त्यसैले त आज धेरैजसो युवतीहरुका बेस्ट फ्रेण्ड युवक हुने गर्दछन् । ती बेस्ट फ्रेण्डहरुबीच प्रेम-सम्बन्ध हुन भने जरुरी छैन ।

मिश्रति समहुका फाइदाहरु

जब समुहमा विविधता हुन्छ, त्यसका गतिविधिहरु पनि फरक नै हुन्छन् । मिश्रीत समूह, जहाँ युवक तथा युवती संगै उठ-बस गर्छन्, उनीहरुको एक-अर्कासंग विचारसमेत खुल्ला रुपमा आदान-प्रदान हुन्छ ।

युवतीहरुको मात्र समुहमा राम्रा कुरा भन्दा अरुको कुरा काट्ने प्रवृति हावी हुन्छ भने युवतकहरुको समुहमा यस्ता कुरा विरलै भेटिन्छन् । जब युवक-युवती एउटै समुहमा हुन्छन्, त्यति बेला भने उनीहरुको कुरा नै फरक प्रकारको हुन्छ । उनीहरु समाज, राजनीति, विज्ञान, प्रविधि, खेलकुद अथवा कुनै अन्य विषयहरुमा कुरा गर्न र सहभागिता जनाउने गर्छन् ।

प्रँयः युवतीहरुको समुहमा मात्र रमाउने युवतीहरुलाई युवकसंग कुराकानी गर्नै अफ्ट्यारो मान्ने स्वभाव हुन्छ । उनीहरुको सोचाइमा युवकहरु रहस्यमयी हुन्छन् । त्यस्ता युवतीहरुलाई यदि कुनै युवक मन परिहाल्यो भने पनि भन्न सक्दैनन् र कतिले त भन्दै भन्दैनन् । तर जुन युवती खुल्ला विचारका हुन्छन्, उनीहरु आफ्ना मनका कुराहरु सजिलै व्यक्त गर्न सक्छन् ।

युवकहरुको जोक गर्ने बानी

युवतीहरुको समुहमा पनि जोक भन्ने, जिस्किने, हाँस्ने त हुन्छ तर युवकहरुको मात्र समुहमा जुन प्रकारको ठट्टाहरु हुन्छन्, त्यो युवतीहरुको समुहमा हुँदैन । एउटै ठाउँमा युवक तथा युवतीहरु घुम्न गएका छन् भने युवतीहरु सेल्फी खिच्न व्यस्त हुन्छन् भने युवकहरुले त्यो ठाउँका विशेषताहरु निरिक्षण गरिसकेका हुन्छन् । यति मात्र हैन, जुन काम गर्न युवतीहरु अप्ठ्यारो मान्छन्, त्यो काम यवुकहरुले सजिलै गरिदिन्छन् ।

जुन युवतीको युवकहरुसंग कुनै प्रकारको संगत हुँदैन, त्यस्ता युवतीहरुले युवकहरुका बारेमा विभिन्न प्रकारका अनुमानहरु गरिरहेका हुन्छन् । उनीहरु युवकहरु यस्ता हुन्छन्, उनीहरुको सोचाइ यस्तो हुन्छ, उनीहरु युवतीलाई यस्तो सम्झन्छन् जस्ता कुराहरु गर्छन् ।

वास्तवमा जो युवतीहरुले युवकहरुलाई बुझेका हुन्छन्, जसका युवकहरु साथीहरु  हुन्छन्, जोसंग उनीहरु उठ-बस गर्छन्, उनीहरुले मात्रै युवकहरुलाई राम्ररी बुझेका हुन्छन् । युवकलाई साथी बनाउने युवतीलाई मात्र युवकको वास्तविक आनीबानी थाहा हुन्छ ।

सक्षम छन् आजका युवती

आजको समयका युवतीहरु युवकभन्दा कुनै पनि कुराले कम छैनन् भन्ने कुरा बिस्तारै प्रमाणित हुँदैछ । आज युवतीहरु आफैंले आफ्नो सुरक्षा गर्न सिकिरहेका छन् । सुरक्षाको ताथ्पर्य केवल शारीरिक सुरक्ष्ँा मात्र हुँदैन ।

जुन युवती मिश्रति समुहमा रहेकी हुन्छिन्, उनले युवकहरुलाई राम्ररी चिनिसकेकी हुन्छिन् र सबै कुराको ज्ञान पनि हुन्छ । त्यस्ता युवतीहरुलाई अन्य युवकहरुले जिस्काउनुभन्दा अघि दश पटक सोच्न गर्दछन् । किनभने युवकको समुहमा रहने युवतीले आफुलाई अनावश्यक जिस्काउने, पिछा गर्ने युवकहरुलाई कसरी ठिक पार्नु पर्छ भन्ने कुराको राम्रो जानकारी तथा ज्ञान हुन्छ । त्यसैले पनि युवकहरुले बिर्सेर पनि त्यस्ता युवतीहरुलाई जिस्काउने हिम्मत गर्दैनन् ।

खेलकुद पनि समावेश

युवतीहरुको समुहमा आवद्ध हुनेहरु प्राय आफ्नै हिंडाइ, बोलाइ, चालढालमा ध्यान दिन्छन् । उनीहरुलाई खेदकुदप्रति खासै रुची हुँदैन । यद्यपि, ती युवती जो युवकहरुको समुहमा आवद्ध भएका हुन्छन्, उनीहरु खेलकुदप्रति पनि रुची राख्छन् । खेलकुदका बारेमा कुराकानी गर्न, खेलकुद प्रतियोगिता हेर्नमात्र होइन, उनीहरु आफैं खेलकुदलाई जीवनको अभिन्न अंग बनाउन समेत पछि पर्दैनन् ।

नयाँ दृष्टिकोणतर्फ अग्रसर

युवक र युवती मिश्रति समुहमा दुई फरक दृष्टिकोणको बारेमा जानकारी पाउने अवसर प्रँप्त हुन्छ । युवकको तुलनामा युवतीको जीवन धेरै सामाजिक बाधाहरुले बाँधिएको हुन्छ । समाजले युवतीहरुलाई धेरै प्रकारका नियम-कानूनमा बाँध्ने प्रयास गरिरहेको हुन्छ । यसको ठिक विपरित युवकहरु भने स्वतन्त्र हुन्छन् । उनीहरुको जीवन जीउने शैली युवतीहरुको भन्दा भिन्न हुन्छ ।

युवकहरुलाई पर्ने समस्या युवतीहरुका भन्दा फरक हुन्छ । त्यसैले यदि युवक-युवतीहरु मिश्रति समुहले चाहेको खण्डमा समाजबाट धेरै प्रकारका कुरीति तथा विकृत सोचहरुलाई परिवर्तन गर्न सक्षम हुने सम्भावना रहन्छ ।

विपरीत अनुभवको जानकारी

अनुभवका दृष्टिकोणले पनि युवक तथा युवतीबीच भिन्नता पाइन्छ । युवतीहरुले गर्ने अनुभव युवकहरुले गर्ने भन्दा फरक हुन्छ । युवतीहरुका लागि स-साना कुराहरु पनि संवेदनशील हून्छन् भने युवकहरुले त्यस्ता स-साना कुराहरुमा खासै ध्यान नै दिँदैनन् । युवकहरुले आफूसंग घटेका त्यस्ता घटनाहरु समेत खुलेर बताइरहेका हुन्छन्, जुन युवतीहरुले सहजै उल्लेख गर्न सक्दैनन् ।

यद्यपि, मिश्रति समुहमा रहेका युवतीहरुले भने त्यसबाट धेरै कुरा सिक्ने अवसर पाउँछन् । त्यसैले पनि मिश्रति समुहको अनुभवको चर्चा सुन्दा कुनै रोमाञ्चक यात्रामा निस्किएको जस्तो अनुभव गर्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment