Comments Add Comment

प्रत्यक्षदर्शी भन्छन्- झोला भिरेको मान्छे बस्ने बित्तिकै पड्कियो

Photo Credit : दिपक उपाध्याय/अनलाइनखबर

२ साउन, काठमाडौं । कैलालीको धनगढी उपमहानगर–३, शहीद गेटमा भएको शक्तिशाली बम विष्फोटमा विप्लव समूहको संलग्नता देखिएको छ । विस्फोटमा घाइते भएका मध्ये बझाङका राम सिंह र कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको दाबी छ ।

‘टिफिन बक्स’मा रहेको विस्फोटक पदार्थ विष्फोट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

घटनास्थललाई घेरेर प्रहरीले अहिले प्रत्यक्षदर्शीसँग बयान लिइरहेको छ ।

त्यहाँ भेटिएका एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा घटनाबारे अनलाइनखबरसँग यसरी वेलिविस्तार लगाएः–

म यहीँ नजिकै बसिरहेको थिएँ । मिस्त्री मोबिन खानलाई दुई जना मान्छेले बोलाएर होटलमा लगे । उनीहरु मध्ये एक जनाले झोला भिरेका थिए । हातमा टिफिन क्यारी पनि थियो । चिया भर्खरै मात्र आएको मात्र के थियो । बेस्सरी आवाज आउने गरी पड्कियो । सुरुमा ग्यासको सिलिण्डर पड्किएको हो कि भन्ने आशंका भयो । प्रहरीदे भने टिफिन क्यारीमा विस्फोटक पदार्थ हुनसक्ने आशंका गरेको छ ।

यो पनि पढ्नुहोस विप्लव समूहले विष्फोटक पदार्थ ओसार्दा अर्को ‘दुर्घटना’

जिल्ला प्रहरी कार्यालय, कैलालीले झोला बोकेर आउने व्यक्ति राम सिंह भएको दाबी गरेको छ, जो विस्फोटमा घाइते समेत भएका छन् ।

कैलालीका एसपी सुदिप गिरीले पनि विस्फोटक पदार्थ सही तरिकाले ह्याण्डल नहुँदा विस्फोट भएको हुनसक्ने आशंका गरे । उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं । मिसह्याण्डल हुँदा विष्फोट भएको हुनसक्ने देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment