Comments Add Comment

बेसनको प्रयोगबाट अनुहारको चमक

हरेक मौसम, अवसर तथा उमेरमा आफुलाई सुन्दर देखियोस् भन्ने चाहना हरेक महिलामा हुन्छ । पछिल्लो समयमा महिलाहरु समेत घर भित्र र बाहिर व्यस्त हुन थालेपछि आफूलाई सुन्दर बनाउनका लागि समय निकाल्न समेत गाह्रो भैरहेको छ ।

यस्तो बेला तपाईं ब्युटी पार्लर गएर राम्री बन्न समेत भ्याउनु हुन्न । त्यसैले घरमै थोरै समय निकालेर आफूलाई सुन्दर बनाउने प्रयास गर्नु उपयुक्त हुनेछ । त्यसका लागि तपाईंले घरमै उपलब्ध बेसनको प्रयोग गर्न सक्नु हुन्छ । आज यहाँ बेसन कसरी हुन सक्छ ब्यूटी सेक्रेटको एउटा अंग भन्ने बारेमा चर्चा गर्दछौं ।

बजारमा सहजै उपलब्ध हुने तथा प्राय हामी सबैको घरमै उपलब्ध हुने बेसनले तपाईंको सुन्दरतालाई निखार्न सहयोग पुर्‍याउँछ । कम समयमा तथा कम मेहनतबटै तपाईं सुन्दर बन्न चाहनु हुन्छ भने त्यसका लागि बेसनको प्रयोग सबैभन्दा सजिलो माध्यम हो ।

बेसनको प्रयोगले तपाईंको छाला प्राकृतिक रुपमै सुन्दर देखिन्छ । छालालाई सफा बनाउनमा बेसनले ठूलो भूमिका खेल्छ । बेसनले छालालाई चम्किलो बनाउँछ ।

सुख्खा छालालाई मोश्चराइज गर्छ 

बेसनले तपाईंको छालामा मोश्चराइजरका काम गर्छ । यदि तपाईंको छाला सुख्खा छ भने बेसनमा अलिकति दूध तथा दूधको तर (छालि) मिसाएर त्यसमा मह र थारै बेसार पनि मिसाएर पेस्ट बनाउनु होस् ।

उक्त पेस्टलाई आफ्नो अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि सफा पानीले अनुहार सफा गर्नुहोस् । यसो गर्दा तपाईंको छाला चम्किलो बनाउनुको साथ-साथै मोश्चराइजिङ समेत हुन्छ । यसो गर्दा तपाइको अनुहारको सुन्दरता तथा आकर्षण बढ्छ ।

तैलिए छाला हुन्छ प्राकृतिक

यदि तपाईंको अनुहारमा हरेक समय तेल निस्किरहने समस्या छ भने बेसनको प्रयोग उपयुक्त हुन्छ । बेसनको प्रयोगले तैलिय छालालाई फाइदा पुग्छ । बेसनले तपाईंको छालाबाट अतिरिक्त तेललाई हटाएर छालालाई नरम बनाउने काम गर्छ ।

यसका लागि बेसनमा गुलाव जलको केहि थोपा मिसाएर अनुहारमा लगाउनुहोस् । अनुहारमा लगाएको बेसन सुकेपछि मन तातो पानीले पखाल्नुहोस् । यसो गर्दा बिस्तारै तपाईंको छालामा उत्पन्न हुने तेल कम हुँदै जान्छ ।

अनुहारको दाग कम हुन्छ

यदि तपाईंको अनुहार दागले गर्दा अनाकार्षक बनाइदिएको छ भने बेसनले तपाईंको अनुहारको दागलाई कम गर्न सहयोग गर्छ । अनुहारको दाग हटाउनका लागि बेसनमा मह मिसाएर अनुहारमा लगाउनुहोस् । केही समयपछि पानीले पखाल्नुहोस् ।

तपाईंको अनुहारको दाग कम हुन्छ । तर यो प्याकलाई तपाईले हप्ताको ३-४ पटक लगाउनुपर्छ । बेसनमा एन्टिीमाइक्रोब समावेश भएको हुँदा त्यसले अनुहारको दाग, स-साना कोठि आउन कम गर्छ । बेसनको प्रयोगले छाला ताजा देखिन्छ ।

डढेको छाला हटाउन

गर्मीमा छालाको समस्या भनेको नै घामको किरणले छाला कालो बनाउनु हो । यो समस्याबाट छुट्कारा पाउनका लागि बेसनमा कागतीको रस, बेसार र गुलाव जल मिसाएर पेस्ट बनाउने ।

त्यो पेस्टलाई अनुहारमा लगाउने र सुकेपछि पानीले धुने । यसो गर्दा तपाईको कालो भएको छाला सफा हुनुको साथै चम्किलो र नरम पनि हुन्छ ।

यसरी घरमा उपलब्ध बेसनले तपाई आफ्नो छाला सुन्दर र आकर्षक बनाउन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment