+
+
Shares

बाजुराबाट कालीकोट हिँडेको जीप दुर्घटना, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते १०:५४

३ साउन, काठमाडौं । बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते छन् ।

क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान ८ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले अनलाइनखबरलाई जानकारी दिए ।

बोगटी जिपका चालक हुन् ।

चालकसहित १५ जना सवार जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । यीमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

डीएसपी सिंहका अनुसार, गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको छ । अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ ।

जीप सडकबाट तल खसेको छ । कमजोर सडक संरचनाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान भए पनि खुलिनसकेको डीएसपी सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?