Comments Add Comment

गर्मीमा हुने स्वास्थ समस्याबाट कसरी जोगिने ?

केही दिनको झरी रोकिएपछि पुनः गर्मी महसुस हुन थालेको छ । तराईका कतिपय जिल्लाहरुमा त गर्मीको प्रकोप बढि नै सकेको छ ।

अझै केही महिना गर्मी जारी रहने मौसमविद्हरुले बताइसकेका छन् । गर्मीको यो मौसममा विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुनु स्वभाविकै हो । ती समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो ।

घमौरा

गर्मीमा हामी सबैलाई घमौराले अति नै सताउँछ । तराईका जिल्लाहरुमा त घमौराले झन् बढि दुःख दिन्छ । वास्तवमा गर्मीमा पटक-पटक पसिना आउँदा शरीरका रोमछिद्रहरु बन्द हुन्छन् । त्यसले छालामा स-साना दानाहरु देखा पर्छ । त्यसैलाई हामी घमौरा भन्छौं । शरीरमा घमौरा आउने बित्तिकै आत्तिनु हुँदैछ । यसबाट जोगिने उपायहरु पनि छन् ।

घमौराबाट बच्नका लागि घाममा धेरै बेर बस्नु हुँदैन । घर बाहिर काम गर्नु पर्दा सकेसम्म छायाँ अथवा छहारीमा बसेर काम गर्ने प्रयास गर्नु पर्छ । आफ्नो शरीरलाई सकेसम्म भिजाउने प्रयास गर्नु पर्छ । सुती अथवा लिनेनको लुज फिटिङ पहिरन लगाउनु पर्छ, यस्तो पहिरनले शरीरमा आउने पसिनालाई सोस्छ ।

यसका साथै केही घरेलु उपाय अपनाएर समेत घमौराबाट छुटकारा पाउन सकिन्छ । मुलतानी माटोमा गुलाबजल र थोरै पानी मिसाएर पेस्ट बनाउने र त्यसलाई घमौरा आएको स्थानमा प्रयोग गर्ने र सुकेपछि पानीले धुने । यसबाट घमौरा चाँडै निको हुने गर्दछ । दोस्रो उपाय पनि छ । निमको पात पिसेर त्यसको लेप प्रयोग गर्दा पनि घमौराबाट आमार मिल्छ । यसबाहे नुहाउने पानीमा तीन टेबुल स्पुन बेकिङ सोडा मिसाएर नुहाउँदा पनि घमौरा बिसेक हुन्छ । यसबाहेक बेसनको पेस्ट बनाएर घमौरा आएको ठाउँमा लगाउँदा पनि आराम मिल्न सक्छ ।

डिहाइड्रेसन

गर्मीमा धेरै पसिना आउनाले अथवा शारीरिक क्रियाकलाप बढि हुनाले हामीलाईः डिहाइड्रेशनको समस्या हुन्छ । टाउको दुखाई, थकान, घाँटी अथवा ओठ सुक्नु, पिसाबको रंग परिवर्तन हुनु, हात ख्ट्टाको दुखाई, रिंगटा लाग्नु आदि डिहाइड्रेसनका  लक्षणहरु हुन् ।

डिहाइडे्रसनबाट बच्नका लागि प्रसस्त मात्रामा पानी पिउनु पर्छ । काममा व्यस्त हुनुहुन्छ भने पनि कामको बीच-बीचमा पानी पिउनु पर्छ । ब्यायाम गरिरहनु भएको छ भने पनि प्रत्येक बीस मिनेट पछि पानी पिउनु पर्छ । हरेक दिन कम्तिमा ४-५ ग्लास कागती पानी पिउनु पर्छ । बालबालिकालाई त झन् छोटो अवधिकै ग्यापमा पानी अथवा फ्रुट जूस दिनु पर्छ । डिहाइडे्रसनबाट बच्नका लागि चिया तथा कफि र सोडाबाट टाढै रहनु पर्छ ।

त्यसो त केही घरेलु उपायद्वारा पनि डिहाइड्रेसनबाट छुटकारा पाउन सकिन्छ । त्यसका लागि एक कप पानीमा एक चिया चम्चा सोठ पाउडर मिसाएर दिनमा ३-४ पटक सेवन गर्नु लाभदायक हुन्छ । यसकाहेक दिनमा ४-५ पटक कागती पानी र नरिवल पानी पिउनुपर्छ । शरीरमा पोटासियमको कमीलाई पूरा गर्नका लागि केरा लाभदायक हुन्छ । यसका साथै पानीकोे मात्रा धेरै भएका फलहरू जस्तै खरबुजा, तरबुजा, स्ट्रेवेरी, काक्रो आदि खानुपर्छ । डिहाइड्रेशनलाई कम गर्नका लागि स्याउ र सुन्तलाको जुस पिउनुपर्छ ।

फुड प्वाइजन

गर्मीमा हामीलाई फूड प्वाइजन हुने सम्भावना पनि उत्तिकै हुन्छ । गर्मी मौसममा थुप्रै खानेकुराहरुमा ब्याक्टेरियाहरु चाँडै फैलिने भएकाले धेरैजनालाई गर्मीमा प्वाइजन हुन सक्छ ।  यदि तपाईंलाई बान्ता आउने, रिंगटा लाग्ने, ज्वरो, डायरिया, टाउको दुखाई, शरीर दुखेको छ भने तपाईंलाई फुड प्वाइजन भएको हुनुपर्छ । फुड प्वाइजनबाट तत्काल राहत पाउनका लागि एक ग्लास मन तातो पानीमा कागती, नुन र सख्खर मिसाएर पिउनुपर्छ । दुध अथवा डेरी प्रोडक्सनका साथै मांशाहारी खानाबाट बच्नु पर्छ ।

खाना बनाउँदा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । तातो र ताजा खाना खानुपर्छ । बासी खानाबाट बच्नुपर्छ । शौचालय प्रयोग गरेपछि र खाना खानु अगाडि अनिवार्य रूपमा एन्टीबेक्टेरियल साबुनबाट राम्ररी हात हुनुपर्छ । बजारमा विक्री भएका खुल्ला खानाको प्रयोग गर्नु हुँदैन ।

केही घरेलु उपायहरु अपनाएर पनि फूड प्वाइजनिङबाट बच्न सकिन्छ । त्यसका लागि पेटको जलन र दुखाइलाई कम गर्नका लागि एउटा चिया चम्चा महमा केही थोपा अदुवाको जुस मिसाएर सेवन गर्नु राम्रो हुन्छ । वाकवाकी र दुखाईको अवस्थामा तुरुन्त राहत प्राप्त गर्नका लागि एउटा चिया चम्चा दुधमा एक चम्चा मेथीदाना मिलाएर खानु गर्नुपर्छ ।

एउटा चिया चम्चा कागती रसमा एक चिम्टी सख्खर मिसाएर दिनमा तनि पटक खानु गर्नुपर्छ । एक चम्चा महमा एउटा चम्चा तुलसी रस मिसाएर दिनमा ३-४ पटक सेवन गर्नु फाइदाजनक हुन्छ । एउटा तसुनको दानालाई पानीका साथमा खानाले पेट दुखाइमा आराम प्राप्त हुन्छ ।

आँखाको समस्या

गर्मी मौसममा एलर्जी तथा संक्रमण सम्भावना बढि हुन्छ । त्यसले आँखामा कन्जक्टिभाइटिस हुन्छ । आँखा रातो हुनु, सुन्निनु, चिलाउनु तथा चिपचिपाहट हुनु यसको लक्षण हो । यो समस्याबाट जोगिनका लागि घामबाट जोगिनु पर्छ । घाममा जानै परेमा गगल्सको प्रयोग गर्नु पर्छ । हातलाई प्रायः सफा राख्निु पर्छ, त्यसका लागि एन्टिसेप्टिक साबुनले हात धुनु पर्छ । राम्ररी निद्रा पुर्‍याउनु पर्छ । निद्रा पूरा नभएमा रोग प्रतिरोधामक क्षमता कमजोर हुन जान्छ, जसका कारण शरीरमा इन्फेक्सनसँग लड्ने क्षमता कम हुन्छ ।

आँखामा समस्या उत्पन्न भएमा बालबालिकालाई आमाको दुधको २-३ थोपा उसको दुबै आँखामा प्रयोग गर्नु लाभदायक हुन्छ । बाख्रा अथवा गाईको काँचो दुधको केही थोपा आँखामा प्रयोग गर्नाले पनि यो इन्फेक्सन चाँडै निको हुने गर्छ । काँचो आलुलाई काटेर आँखामा प्रयोग गरेमा आँखा सुन्निएको निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment