+
+
Shares

प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्तरिक राजस्व विभागले प्यान कार्ड सेवा अब स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाएको छ।
  • करदाता सेवा कार्यालयहरू खारेज भएपछि प्यान कार्ड सेवा जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पनि उपलब्ध हुनेछ।
  • कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने व्यवस्था विभागले स्पष्ट पारेको छ।

२० कात्तिक, काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ ।

आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर हाल करदाता सेवा कार्यालयहरू खारेज भएका छन् ।

‘स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ’ विभागले भनेको छ ।

त्यस्तै कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।

विभागअन्तर्गतका कार्यालयको सेवा प्रवाह करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?