+
+
Shares

विराटनगरमा देउवा–सिटौला समूहको भेला, केदार कार्की पनि पुगे

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको भेला विराटनगरको बिग होटलमा जारी छ।
  • भेलामा प्रदेशका ३०–३५ जना नेतासहित मन्त्री भीम पराजुली र सांसदहरू सहभागी छन्।
  • पूर्वमुख्यमन्त्री केदार कार्की र डाक्टर शेखर कोइराला समूहका नेता पनि भेलामा सहभागी छन्।

२९ वैशाख, विराटनगर । नेपाली कांग्रेसको शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको भेला विराटनगरमा जारी छ । बिग होटलमा जारी भेलामा प्रदेशका इतरसमूहका ३०–३५ जना नेताहरू सहभागी छन् ।

कृष्णप्रसाद सिटौला र मीनबहादुर विश्वकर्मा सहभागी भेलामा प्रदेशमन्त्री भीम पराजुली  र सांसदहरू पनि सहभागी छन् ।

भेलामा डाक्टर शेखर कोइराला समूहका नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्की पनि सहभागी छन् । उनी कांग्रेसको विशेष महाधिवेशनमा पनि पुगेका थिए ।

प्रदेशको पर्यटनमन्त्री तथा इतर पक्षका नेता भीम पराजुलीका अनुसार पार्टीको आन्तरिक विषयमा छलफल गर्नका लागि भेला बोलाइएको हो ।

भेलामा कांग्रेस कोशी प्रदेश प्रदेशसभापति उद्धव थापा भने उपस्थित छैनन् । उनी सिटौला समूहका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?