१० चैत, विराटनगर । विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ । मंगलबार बेलुका विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्ट मुनि शव फेला परेको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुुसार कल्भर्टको पुलमुनि साँझमा कपडाले बेरेर फ्यालेको अवस्था शव भेटिएको हो । खाल्डोबाट शव निकाल्ने प्रयास भइरहेको उनले बताए ।
‘बाहिरबाट हेर्दा महिलाको जस्तो शव देखिन्छ,’ डीएसपी लामिछाने, ‘तर पहिचान खुलेको छैन । अनुसन्धान जारी छ ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4