News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कका मेयर जोहरान ममदानीको विजयपछिको भाषणलाई 'अत्यन्तै रिसले भरिएको' भनेका छन्।
- ट्रम्पले ममदानी सुरुवातदेखि नै गलत दिशातर्फ लागेका र वासिङ्टनप्रति सम्मान नदिए उनी सफल नहुने बताए।
- जोहरान ममदानीले तानाशाहीहरूलाई कमजोर बनाउन शक्तिको स्रोत प्रयोग गर्नुपर्ने तर्क गरेका थिए।
२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कका नव–निर्वाचित मेयर जोहरान ममदानीको विजयपछिको भाषणलाई ‘अत्यन्तै रिसले भरिएको’ भनेका छन्।
ट्रम्पको भनाइअनुसार, ममदानी सुरुवातदेखि नै गलत दिशातर्फ लागेका छन् र यदि उनले वासिङ्टनप्रति सम्मान राखेनन् भने उनी सफल हुने कुनै सम्भावना छैनन्।
फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्यो उनको भाषण निकै रिसले भरिएको थियो, विशेषगरी मेरो विरोधमा ।’
उनले थपे, ‘उनीहरूले मप्रति राम्रो व्यवहार गर्नुपर्छ, किनभने धेरै कुराको अनुमोदन गर्ने जिम्मेवारी मेरो हो। उनी खराब सुरुवाततर्फ उन्मुख छन्।’
न्युयोर्कको मेयर चुनाव जितेपछि जोहरान ममदानीले ट्रम्पलाई लक्षित गर्दै भनेका थिए, ‘जसले उनलाई सफल बनायो, उनीहरूले नै हराउन पनि सक्छन्।’
उनले तानाशाहीहरूलाई कमजोर बनाउन उनीहरूको शक्तिको स्रोत चलाउनुपर्ने तर्क गरेका थिए ।
ट्रम्पले यसअघि नै जोहरान ममदानी मेयर निर्वाचित भए न्युयोर्कलाई फन्ड उपलब्ध नगराउने चेतावनी दिंदै आएका थिए ।
प्रतिक्रिया 4