 
																			३ साउन, बुटवल । रुपन्देहीका ब्यवसायीहरु सरकारको नीति लागू गर्न नसकिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।
व्यवसायिक संघसंस्थाहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका कतिपय बुँदा र ढुवानीमा अनलाइन प्रणाली भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)तत्काल लागू गर्न नसकिने बताउँदै शुक्रबार बुटवलमा बिरोध प्रदर्शन गरेका हुन् ।
रुपन्देहीमा क्रियाशील संघ सस्थाहरुको समन्वयकारी सँस्था सञ्जाल रुपन्देहीको आव्हानमा शुक्रबार बिहान बुटवलमा ब्यवसायीहरुले बिरोध र्याली निकालिएको हो ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालय वाल मन्दिरबाट सुरु भएको बिरोध र्याली अमरपथ, अस्पताल लाइन मिलनचोक हुँदै राजमार्ग चौराहासम्म पुगी पुन ट्राफिकचोकमा फर्किएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै व्यवसायिक सँस्थाका नेताहरुले अव्यवसायिक नीति खारेज नभएसम्म वा सरकारले निर्णय पुनर्विचार नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे । उनीहरुले चरणबद्ध सांकेतिक आन्दोलनको सुनुवाइ नभए बन्दलगायतका आन्दोलन गर्न बाध्य हुने बताएका थिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष ध्रुवकुमार धिताललगायतले, भामा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम, नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश संयोजक नेत्र पाठक, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, नेपाल ढुवानी व्यवसायी महासंघ रुपन्देहीका उपाध्यक्षलगायतले बोल्दै सरकारले निर्णय सच्चाउनु पर्ने बताए ।
यसअघि ७ वटा संघसंस्था आबद्ध सञ्जालले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत पठाएको छ ।
कांग्रेस रुपन्देहीद्वारा भिसिटिएसको बिरोध
नेपाली कांग्रेस रुपन्देहीले सरकारले बजेटमार्फत ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर -भ्याट) तथा मालवाहक ट्रकलाई अनलाइनमार्फत निगरानी गर्न ल्याएको नीतिको बिरोध गरेको छ ।
कांग्रेस रुपन्देहीको भैरहवामा सम्पन्न बैठकले बिना तयारी र पूर्वाधारविनै हचुवाको भरमा उक्त नीति ल्याएको भन्दै सरकारको आलोचना गरेको छ ।
काग्रेस सभापति अब्दुल रज्जाकले सरकारले कार्यान्वयन नै गर्न नसक्ने नीति अबलम्बन गरेकाले आफूहरुले बिरोध गरेको उल्लेख गर्दै व्यवसायिहरुले गरेको बिरोध सकारात्मक भएको भन्दै पार्टीले समर्थन जनाएको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4