Comments Add Comment

स्मिताको जालैमा पार्छु’मा आँचल र विजु

गायिका स्मिता दाहालको स्वरमा समावेश ‘जालैमा पार्छु’ सार्वजनिक भएको छ । आज आयोजना भएको कार्यक्रममा खानेपानी मन्त्री विना मगर पनि उपस्थित थिइन् । सार्वजनिक गीतमा स्मितालाई गायक आशिष अविरलले साथ दिएका छन् । गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिषकै संगीत छ ।

यो गीतको भिडियोमा नायिका आँचल शर्मा र मोडल विजु पार्कीसँगै स्मिता पनि देखिएकी छिन् । कार्यक्रममा खानेपानी मन्त्री विना मगर, भरतपुर महानगरकी मेयर रेणु दाहाल, गायक रामकृष्ण ढकाल, कलाकार जितु नेपाल लगायतले शुभकामना दिएका थिए ।

यो गीत तयार हुन झन्डै एक बर्ष लागेको भन्दै स्मिताले आफूले सबै खालका गीत गाउन चाहेको बताइन् । यो गीतको भिडियोलाई प्रविन स्वारले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । ग्रिष्मा इन्टरटेन्मेन्टले यो भिडियो तयार पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment