Comments Add Comment

वर्षा र सौन्दर्यको रोचक छ सम्बन्ध

मौसम चाहे जस्तो होस्, मानिसले आफ्नो काम-कर्तव्य त पुरा गर्नु नै पर्छ । चाहे गर्मी होस् अथवा जाडो होस्, पानी नै परेको किन नहोस् मानिसले आफ्नो जिम्मेवारीलाई पुरा गर्नु नै पर्छ ।

मौसममा हुने परिवर्तनसंगै मानिसको जीवन शैलीमा पनि परिर्वतन त हुन्छ नै, तर मौसम अनुसार हामीले आफुलाई तयार गर्न सक्यौं भने हाम्रो जीवन सहज हुन्छ ।

जस्तो-वर्षायाममा पानीबाट जति नै बच्न खोजे पनि पानीबाट भिजिनै हालिन्छ । त्यस्तो अवस्थामा पानीमा भिजेर कपाल त चिपचिप हुन्छ नै,  तपाईंको मेकअप पनि बिग्रन्छ । तपाईंलाई कुनै पार्टीमा जानु पर्ने हुन्छ, अचानक त्यही बेला पानी परेर तपाईंको सबै मेकअप बिगि्रयो भने ?

सरसफाई आवश्यक

वर्षायाममा छालाको सरसफाई अरु समय भन्दा बढि गर्नु पर्छ । अनुहार सफा गरेको १० मिनेटपछि आइसको टुक्रा अनुहारमा दल्नुपर्छ । त्यसो गर्दा मेकअप धेरै समयसम्म टिक्नुका साथै त्यसले तपाईंको अनुहारलाई ताजा बनाइदिन्छ । तपाईको छाला सामान्य अथवा सुख्खा छ भने फेश वाश गरेपछि टोनर लगाउने गर्नु पर्छ ।

प्राइमरको प्रयोग

यदि तपाईको अनुहारमा दाग अथवा स-साना दाना छन् भने प्राइमर लगाउनु पर्छ । वर्षायाममा यस प्रकारको छालामा प्राइमरको प्रयोग उपयुक्त हुन्छ । प्राइमरले छालको सतहलाई समतल गर्छ, जसले गर्दा मेकअप धेरै समयसम्म रहिरहन्छ । तर जसको अनुहारमा दाग अथवा स-साना दानाहरु छैनन्, उनीहरुले प्राइमरको प्रयोग गर्नु आवश्यक छैन ।

वर्षायाममा मेकअप गर्नु अगाडि अनुहारमा जेली प्राइमरको प्रयोग गर्नु पर्छ । प्राइमर लगाएर २-३ मिनेटको लागि त्यसै छाडिदिनु पर्छ । त्यसपछि अनुहार र छाला अनुरुप मेकअप गर्नुपर्छ । यसो गर्दा प्राइमर धेरै समयसम्म टिक्छ । वर्षायाममा कन्सिलरको प्रयोग गर्नु हानिकारक मानिन्छ ।

कस्तो आई स्याडो ?

वर्षायाममा आफ्नो आईब्रोलाई सधैं सेट गर्नुपर्छ किनभने यो मौसममा आईब्रो पेन्सिलको प्रयोग उपयुक्त हुँदैन । आइब्रोमा पेन्सिल लगाउँदा पानीले बगाउने डर हुन्छ । त्यस्तै यो मौसममा आई स्याडोको प्रयोग नगर्नुहोस् । यदि गर्नु नै पर्यो भने क्रिमि आईस्याडो भन्दा पाउडर आईस्याडोको प्रयोग गर्नु पर्छ ।

यो मौसममा क्रिमि आई स्याडो पग्लने भएकोले पाउडर आई स्याडोको प्रयोग उपयुक्त हुन्छ । प्राकृतिक रंग जस्तै गुलावी अथवा खैरो रंगको आई स्याडो प्रयोग गर्दा राम्रो देखिन्छ । नबग्ने किसिमको गाजल प्रयोग गर्नु पर्छ साथै मसकारा पनि वाटरपुर्फ नै प्रयोग गर्नु पर्छ । यो धेरै समयसम्म टिकिरहन्छ ।

लिपस्टिकसंगै चिपस्टिक

लिपस्टिकले तपाईंको अनुहारलाई ताजा देखाउन सहयोग गर्छ । लिपस्टिकको छनौट गर्दा ब्रान्डेड र अनुहारको छालासँग मिल्ने किसिमको हुनुपर्छ । लिप ग्लस छिट्टै हट्ने भएकोले लिपस्टिक माथि लिप ग्लस लगाउनु हुँदैन ।

यदि तपाई लिपस्टिकको प्रयोग गर्नु हुन्न भने राम्रो ब्राण्डको चिपस्टिकको प्रयोग गर्नु सक्नु हुन्छ । चिपस्टिकलाई तपाई दिनमा २-३ पटक लगाउन सक्नुहुन्छ । यसो गर्दा तपाईको ओठ नरम र आकर्षक देखिन्छ । लिपस्टिक लामो समयसम्म रहिरहोस् भन्नाका लागि ओठमा लिपस्टिक लगाउनु अगाडि हल्का लूज पाउडर लगाउनु पर्छ । ओठमा पाउडर लगाइ सकेपछि अनावश्यक पाउडर कपासको सहयोगले हल्का झार्नु पर्छ अनिमात्र लिपस्टिक लगाउनु पर्छ । यसरी लिपस्टिक लगाउँदा लामो समयसम्म लिपस्टिक रहिरहन्छ ।

ओठलाई सहि सेप देखाउनका लागि लिप लाइनरको प्रयोग गर्न सकिन्छ । यदि तपाईको आठ पातलो आकारको छ भने लिप लाइनरको बाहिरी  भागमा मिलाएर लाइनरको प्रयोग गर्नु पर्छ । यसो गर्दा तपाईको ओठ मोटो देखिन्छ । त्यस्तै तपाईको ओठ माटो छ भने ओठको भित्रि भागमा मिलाएर लाइनरको प्रयोग गर्नुहोस्, जसले तपाईको ओठ पातलो देखिन्छ ।

लिपस्टिक लगाइसकेपछि त्यसको माथिबाट हल्का लूज पाउडर लगाउनुहोस् । यसरी लिपस्टिकको प्रयोग गर्नाले तपाईले चाहेको जस्तो ओठ सुन्दर र आकर्षक त देखिन्छ नै साथमा लिपस्टिक पनि लामो समय सम्म्ा रहिरहन्छ ।

राम्रो फाउन्डेशन

वर्षायाममा पसीना पनि धेरै आउँछ साथै पानीले पनि मेकअप बगाउने सम्भावना उत्तिकै हुन्छ । त्यसैले लिक्उइड -तरल) अथवा क्रिम फाउन्डेशन लगाउनु भन्दा तेल रहित -अयल पि|m) मोइश्चराइजरको हल्का प्रयोग उपयुक्त हुन्छ । मोइश्चराइजरको प्रयोगपछि अनुहारलाई सुन्दर बनाउनका लागि कमप्याक्ट पाउडर लगाउन सक्नु हुन्छ ।

ब्लशको छनोट

वर्षायाममा ब्लश लगाउँदा पनि ध्यान दिनु पर्छ । ब्लशको प्रयोग गर्दा अवसर र पहिरनलाई ध्यान दिनु पर्छ । शिमरी ब्लशको प्रयोग वर्षाको मौसममा नगर्नु राम्रो हुन्छ । शिमरी ब्लश च्याप च्याप हुने र पानीले पनि सजिलै बगाउने भएकोले यसको प्रयोग नगर्नु नै उत्तम हुन्छ । पाउडर ब्लश भन्दा क्रिम ब्लशको प्रयोग उपयुक्त हुन्छ । यदि तपाईंले पाउडर ब्लश प्रयोग गर्नु नै परेमा क्रिम ब्लश लगाएर पाउडर ब्लश लगाउनु पर्छ । यसो गर्दा ब्लश लामो समयसम्म रहिरहन्छ ।

वर्षायाममा हेयर सीरम

वर्षायाममा अनुहारको मेकअपपछि कपालको सुन्दरतालाई पनि ध्यान दिनु आवश्यक छ । यो मौसममा पानीले मेकअपसँगै कपालको सुन्दरतामा पनि असर पार्छ । पानीमा धेरै भिज्नाले कपाल टुक्रने र चमक पनि हराउँछ । कपाललाई वर्षायाममा पनि सुन्दर बनाउनका लागि सीरमको प्रयोग आवश्यक हुन्छ । सीरमले कपाललाई चम्किलो बनाउनुको साथै कपाललाई लट्टा पर्नबाट पनि जोगाउँछ । वर्षायाममा कपाल खुल्ला छाड्नु भन्दा जुरो बनाउनु अथवा बाँध्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment