Comments Add Comment

अनुगमनको नाममा व्यवसायीलाई थुन्न पाइँदैन : चेम्बर

३ असार , काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बजार अनुगमनको नाममा व्यवसायीलाई थुन छेक गर्ने उपभोक्त संरक्षण ऐन संशोधन गर्न माग गरेको छ ।

राजधानीमा आयोजित वाणिज्य सम्बन्धी साक्षात्कारमा बोल्दै नेपाल चेम्बर अर्फ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दण्ड सजायको प्रावधानमा पुनः विचार गरी आर्थिक क्षतिमा आर्थिक नै दण्ड हुनुपर्नेमा ध्यानाकर्षण गराए । अध्यक्ष श्रेष्ठलेे बजार अनुगमनको कमजोरी पहिल्याएर पुनर्विचार गर्नु पर्नेमा जोडदिए ।

कार्याक्रममा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सिमित नरही व्यापार व्यवसाय प्रबर्द्धन गर्न प्रतिबद्ध रहेको बताए ।

महानिर्देशक गौचनले अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गर्दै उपभोक्ता संरक्षण ऐन अनुसार लेबल लगाइएका वस्तु बिक्री गर्न सबै उद्यमी व्यवसायीलाई सजग भइ ब्यावसाय गर्नुपर्ने बताए ।

बजार अुनगमन नियमित प्रक्रिया भएको भन्दै गौचनले खरिद बिल जारी गर्दा र बिक्री बिल जारीसेमत अनिवार्य गर्न व्यवसायीलाई आग्रह गरे ।

खरिद बिल जारी गर्दा र बिक्री बिलमा व्यवसायीले अनुशासन नदेखाए दण्ड र सजायको भागिदार हुन आग्रह समेत गरे । कार्यक्रममा नेपाल युथ चेम्बरका सभापति दिपेश तुलाधरले बजार अनुगमन गर्दा सरकारले उपभोक्ता र व्यवसायको संरक्षण गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment