Comments Add Comment

यातायात व्यवसायीलाई मन्त्री महासेठको आग्रह : साझासँग डराउनु पर्दैन

३ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले साझा यातायातसँग नडराउन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरुको सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले सरकारले ३ अर्ब दिँदैमा साझासँग डराउनु नपर्ने बताए । साझालाई बृद्धबृद्धा, विद्यार्थी, अपाङ्गता भएकाहरुलाई छुट दिएर सेवा दिन भनिएको भन्दै उनले भने, ‘सरकारले कमाउने होइन, सेवामुलक भावले लगानी गरेको हो । त्यसैले साझाबाट डराउनु पर्दैन ।’

यातायात व्यवसायीहरुको लगानी सुरक्षित गर्न सरकार तयार रहेको भन्दै उनले कुनै पनि समस्या भए कुनै पनि बेला मन्त्रालयमा आउन आग्रह समेत गरेका छन् ।

उनले छिट्टै ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी भइरहेको जानकारी दिए । विधेयक तयार भइसकेको भन्दै उनले आगामी साता संसदमा दर्ता हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment