+
+
Shares

सेवाग्राहीसँग ५० हजार घुस लिने सव–इञ्जिनियर रंगेहात पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ४ गते ८:०७

४ साउन, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग लिएको रु. ५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

घुस दिने सेवाग्राहीको नाम अख्तियारले गोप्य राखेको छ ।

पक्राउ सव– इञ्जिनियर श्रेष्ठलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिवास कार्यालय लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?