Comments Add Comment

झण्डै २ लाख पर्यटकले अवलोकन गरे चितवन राष्ट्रिय निकुञ्ज

४ साउन, चितवन । गत आर्थिक वर्ष ०७५/७६ मा १ लाख ८५ हजार ६ सय ४४ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् ।

०३० मा निकुञ्ज स्थापना भएपछि पहिलोपटक यतिका धेरैले निकुञ्ज अवलोकन गरेको निकुञ्जले जनाएको छ ।

यसअघि आर्थिक वर्ष ०७१/७२ मा १ लाख ७८ हजार २ सय ५७ पर्यटक आएका थिए । त्यसपछि वर्षमा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्न सकेको थिएन । भूकम्प, भारतीय नाकावन्दी, नारायणगढ मुग्लिन सडकखण्डको पहिरो र बाढीका कारण निकुञ्ज घुम्न आउने पर्यटकहरु बढन सकेका थिएनन् ।

पर्यटक संख्या बढेसँगै निकुञ्जको राजश्व आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षमा २९ करोड १० लाख ९७ हजार रुपैयाँ राजश्व संकलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार खड्काले बताए । आर्थिक वर्ष ०७४/७५ मा २४ करोड ८२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । निकुञ्जले गर्ने आम्दानीबाट ५० प्रतिशत राजश्व निकुञ्जसँग जोडिएको बस्ती मध्यवर्ती क्षेत्रमा खर्च गर्ने कानुनी व्यवस्था छ ।

चितवन निकुञ्ज छिर्न १० नाका छन् । सौराहा प्रमुख नाका मानिन्छ । निकुञ्ज घुम्ने ९० प्रतिशत पर्यटक सौराहा नाकाबाट भित्रिने गर्दछन् । सरकारले चितवनको पटिहानीलाई एक सय पर्यटकीय गन्तव्यमा समेटेपछि यहाँ पर्यकीय गतिविधि बढेको छ भने पूर्वाधार निर्माणमा पनि लगानी बढेको छ । सौराहा क्षेत्रमा मास टुजिज्म बढेको छ । आन्तरीक पर्यटकहरु सौराहा आउने गर्दछन् । खर्चालु पर्यटक पटिहानी र मेघौली क्षेत्रमा केन्द्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment