Comments Add Comment

साना ९ दलले घोषणा गरे आन्दोलन

४ साउन, काठमाडौं । साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । वाम-प्रजातान्त्रिक धारका साना दलहरुले मुलुकको धर्म र संस्कृतिमाथि बाहृय दबाव रोक्न माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाहृय हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा -माले) का महासचिव सीपी मैनालीले जानकारी दिए ।

‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको यो समूहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस -वीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका नौ राजनीतिक दलहरु आवद्ध छन् ।

कांग्रेस (वीपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दबाव दिन आफूहरु संयुक्त आन्दोलनमा होमिएको बताए ।

‘संयुक्त राष्ट्रिय आन्दोलन’ले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्दार गर्न सरकार गम्भिर नभएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment