Comments Add Comment

खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु

४ साउन, रौतहट । बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो ।

देवाही गोनाही नगरपालिका-५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेकी थिइन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।

यस्तै पुनिता देवी पटेलकी चार वर्षे बालक बाग्मती नदीमा वेपत्ता भएका छन् ।

सर्लाही ११ बलराकी पुनिता छोराको उपचारका लागि रौतहट आउँदै थिइन् । नदीमा छेउको ढिस्कोमा चिप्लिएर लड्दा उनले बोकेको चार वर्षीय छोरा अंकुश हातबाट उछिट्टएिर नदीमा खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment