Comments Add Comment

काठमाडौं महानगरमा घरबहाल सम्झौता अनिवार्य

नीति तथा कार्यक्रम पारित

५ साउन, काठमाडौं । काठमाडौं महानगरको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरको पाँचौ नगरसभाको बैठकले केही दिनअघि नै पारित गरेको भए पनि बुधबार महानगरले पत्रकार सम्मेलन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि ‘पूर्वाधार विकास वर्ष’ हुने बताए ।

महानगरले आफ्नो क्षेत्रमा भित्रने सवारीसाधनहरुलाई नाकामा धोएर मात्रै प्रवेश दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदूषणलाई नियन्त्रण गर्नका लागि काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरुमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

साझा यातायात सहकारी संस्थासँगको सहकार्यलाई निरन्तरता दिने साथै सार्वजनिक यातायातका ठूला तथा विद्युतीय सवारी साधनहरुलाई प्रोत्साहित गर्ने महानगरको योजना छ ।

प्रदूषण एवं धुँवा धुलोलाई न्यूनीकरण गरी नो मास्क सीटीका रुपमा विकास गर्नका लागि बु्रमरको प्रयोगलाई प्रभावकारी बनाउने र आवश्यकताअनुसार थप गर्ने पनि नीति महानगरले लिएको छ । आगामी आर्थिक वर्षमै प्लाष्टिक झोलामुक्त शहर घोषणा गरिनेसमेत महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगले आगामी आर्थिक वर्षदेखि घरबहाल सम्झौता अनिवार्य गर्ने भएको छ । शहरी सुरक्षा कायम गर्न र शहरी सेवा वितरणमा प्रभावकारिता हासिल गर्न भन्दै महानगरले यस्तो व्यवस्था गर्ने नीति लिएको हो ।

अस्थायी रुपमा बसोबास गर्ने व्यक्तिको समेत लगत अद्यावधिक गर्न आवश्यक देखिएको भन्दै महानगरले अनिवार्य रुपमा घरवहाल सम्झौता गरी वहालमा बस्नेको व्यक्ति र परिवारको विवरण समेत काठमाडौं महानगरपालिका कार्यालयमा पेश गर्नुपर्ने नीतिगत व्यवस्था मिलाइने महानगरले बताएको छ ।

अब काठमाडौं महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवाना बैकिंङ प्रणालीबाट मात्र लिने नीति अवलम्बन गर्ने भएको छ । आर्थिक पारदर्शिताका लागि भन्दै महानगरले यस्तो नीति लिन लागेको हो ।

महानगरले पार्क निर्माण गर्ने, शालिक बनाउने, सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्नेलगायतका कार्यक्रम समावेश छ । बालाजु बाइसधारा उदानको सांस्कृतिक तथा धार्मिक पार्कलाई स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाको सुदृढीकरण, पर्यटन पदमार्ग, फोहोरमैलाको दिगो व्यवस्थापन, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण लगायतका योजना महानगरले नीति तथा कार्यक्रममा समेटेको छ ।

पूर्वाधारको ठूलो योजना भनेको महानगरले मोनोरेल सञ्चालन गर्ने विषयलाई निरन्तरता दिएको छ । यसैगरी महानगरले आˆनै केन्ऽीय कार्यालय बनाउने विषय पनि नीति तथा कार्यक्रममा समेटेको छ । महानगरको कार्यालयहरु छरपस्ट अवस्थामा छन् । बागदरबार, राष्ट्रिसभागृह साथै नीति कम्पनीको कोठा भाडामा लिएर समेत महानगरको कार्यालय सञ्चालन हुँदै आएको छ ।

महानगरपालिकाले समुदाय तथा संघसंस्थाहरुसँग पाँच तहको समन्वय गरी साझेदारी कार्यक्रम अगाडि बढाउने उल्लेख गरेको छ । जसमा पहिलो तहको समन्वय तथा सहकार्य सरकारी तहमा, दोश्रो तहको अन्तरार्र््िट्रय विकास साझेदारहरुसँग, तेश्रो तहको राष्ट्रिय गैर सरकारी तथा गैर नाफामूलक संघ संस्थाहरुसँग, चौथो तहको सहकार्य निजी क्षेत्रसँग र पाँचौ तहको सहकार्य स्थानीय समुदायमा आधारित संस्थाहरुसँग हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षमा हनुमानढोकादेखि स्वयम्भूसम्म पुरातात्विक सम्पदा पदमार्ग तथा पशुपतिनाथदेखि बौद्धस्तुपासम्म भने हरित सम्पदा पदमार्ग निर्माण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

महानगरले ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका टोल, बस्ती, मठ, मन्दिर, भाषा, लिपी, रितीरिवाज र अमूर्त सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने नीति तथा कार्यक्रममा समावेश छ । यसैगरी महानगरले आगामी आर्थिक वर्षभित्रमा बिभिन्न क्षेत्रमा शालिक समेत बनाउनेछ ।

धर्मभक्त माथेमाको सिफलमा, सहित दशरथको र गंगालालको शोभाभगवतिमा पूर्णकद्को शालिक प्रतिस्थापन गर्ने महानगले बताएको छ ।

नीति तथा कार्यक्रममा सुरक्षित भवन निर्माण गर्न महानगरवासीलाई प्रोत्साहन गर्ने उद्देश्यले २ वा २ भन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिने, महानगरपालिकाकाभित्रका मूख्य सडकहरुमा अर्नामेन्टल प्लान्ट लगाई शहरी हरियाली एवम सौन्दर्य अभिवृद्धि गरिने, एक घर दुई रुखको कार्यक्रमलाई अभियानका रुपमा निरन्तरता दिईने लगायतका विषय समेत समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment