Comments Add Comment

थानकोटबाट दुई किलो पहेँलो धातुसहित १ जना पक्राउ

५ साउन, काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेको नाम खुलाइएको छैन ।

सुन हो/होइन भन्ने परीक्षणपछि मात्रै विवरण खुलाइने थानकोटका डीएसपी कुमारविक्रम थापाले अनलाइनखबरलाई बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment