Comments Add Comment

पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा

साउदी राजकुमारले गरे भ्रमणको पहल, भारतको चासो

५ साउन, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान तीन दिनका लागि अमेरिका भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको भेटवार्ता मंगलबार हुने छ ।

अमेरिका भ्रमणमा इमरान खानसँगै पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि छन् ।

साउदी राजकुमारले गरेको पहल

ट्रम्प-इमरान भेटवार्ताको पहल साउदी अरबका राजकुमार मोहम्मद बिल सलमानले गरेको बताइन्छ । अखबार एक्सप्रेसले लेखेको छ, ‘इमरान खानको अमेरिकी यात्रा धेरै महिनादेखिको कूटनीतिक पहलको परिणाम हो । यसमा सबैभन्दा अहम् भूमिका साउदी अबरका राजकुमार एवम् साउदी राजगद्दीका हकदान मोहम्मद बिन सलमान (एमबीएस)ले निर्वाह गरे ।

मोहम्मद बिन सलमानले ट्रम्पका ज्वाइँमार्फत इमरान खानलाई भ्रमणको निम्तो पठाएका थिए । मोहम्मद बिन सलमान र इमरान खान निकटका साथी हुन् । अमेरिका भ्रमणबारे उनीहरुबीच छोटो समयमा धेरै कुराकानी भएको थियो ।

स्रोतलाई गोप्य राख्दै अखबार एक्सप्रेसले लेखेको छ- इमरान खान ट्रम्पसँग एक्लै भेटवार्ता गर्न चाहान्थे । तर दुई देशबीचको खराब सम्बन्धका कारण अमेरिकी प्रशासन त्यसका लागि तयार थिएन । त्यसैले अमेरिकी प्रशासनलाई किनारा लगाएर ट्रम्पका ज्वाइँमार्फत् सीधै ट्रम्पसँग सम्वादको कोसिस भयो । त्यसका लागि साउदी अरबको सहयोग लिएर पाकिस्तानले गैर-परम्परागत तरिका अपनायो । अन्ततः मोहम्मद बिल सलमानले नै ट्रम्पका ज्वाइँमार्फत् इमरान खानलाई अमेरिकाको तर्फबाट भ्रमणको निम्तो पठाए ।

इमरानको अमेरिका भ्रमणमा भारतको चासो

भारतले इमरान खानको अमेरिका भ्रमणलाई चासो दिएको छ ।

इमरान खानको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा पाकिस्तानको भूमिमा सक्रिय आतंकवादी संगठन लश्कर-ए-तोयबाका प्रमुख हाफिज सइद पक्राउ परेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने अर्को पत्रिका दुनियाका अनुसार आफिज सइदलाई गुजरानवालाबाट पाकिस्तानी सेनाले पक्राउ गरेको हो । उनलाई सात दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ । सन् २००८ मा भारतको मुम्बईमा भएको आक्रमणको प्रमुख योजनाकार भएको आरोप हाफिज सइदलाई लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment