
४ साउन, बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा लागेका आरोप लगाएका छन् ।
बुटवलमा वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा नेता खांणले अधिकांश समय सरकारको आलोचनामा खर्चिएका छन् । ‘तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफैं राजा हुँदा पनि नपुगेर प्रधानमन्त्री पनि बन्न मन लाग्यो र सकिए’ उनले भने, ‘अहिले प्रधानमन्त्री ओलीलाई पनि शक्तिको भोक लागेको छ । उनी पनि ज्ञानेन्द्रकै पथमा छन् ।’
प्रधानमन्त्रीले अधिकारहरु आफूमा केन्द्रिकृत गर्दा ओलीतन्त्र पनि समाप्त हुने उनको दाबी छ । ‘ओलीतन्त्र समाप्त हुन्छ, ज्ञानेन्द्रकै पथमा अनुयायी बन्दा ओलीको ज्ञानेन्द्रकै हालत हुन्छ’ उनले अघि भने ।
सरकार साम्यबादी दिशामा अघि बढेको तथा प्रधानमन्त्री जवाफदेही, जिम्मेवार र पारदर्शी हुन नसकेको उनको आरोप छ ।
खांणले यो सरकारलाई हिलो खेतमा लगाएको आलुको संज्ञा दिए । ‘हिलो खेलमा जनताले आलु लगाइदिए’, उनले भने, ‘अब फल्छ की सड्छ ? धान लगाउनुपर्नेमा आलु लगाएपछि के आशा गर्नू ।
र्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले वीपीको आदर्शलाई कांग्रेसले अनुशरण गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4