+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

नारायणी नदीमा दुई महिनाभित्रै ‘मिनी पानीजहाज’ चल्ने

सुवास पण्डित सुवास पण्डित
२०७६ साउन ४ गते १९:२५

४ साउन, चितवन । निर्माणाधीन ‘रिभर क्रुजसिप’ दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । राइनो वाटर ईन्टरटेन्मेन्ट प्रा.लिले काप्रेघाटमा निर्माण गरिरहेको क्रुजसिपलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको छ ।

राइनो वाटरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी क्रुजसिप दशैं अगाडि निर्माण सकेर सञ्चालनमा ल्याइने जानकारी दिएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै ‘क्रुजशिप’ निर्माण गरिरहेका छन् । भारतीय र नेपाली गरी ५० जना खटिएका छन् ।

‘क्रुजशिप’ राख्नको लागि पानीको च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन निर्माण भइसकेको छ ।

भारतीय ग्राउण्डीमल मरिन इन्टरनेशल कम्पनीले यसको प्राविधिक पक्षको काम गरिरहेको छ । कम्पनीका निर्देशक ओजस सेवास्टिएनले नेपालमा पहिलो पटक निर्माण गरिएको क्रुजशिपले पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘मिनी पानीजहाज’ सञ्चालनका लागि आवश्यक क्र्यू मेम्वर र प्राविधिक हाल विदेशी हुने छन् । तर दीर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागी आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने योजना बनाएको कम्पनीको भनाइ छ ।

पहिलो चरणमा काप्रेघाटबाट देवघाटसम्म सञ्चालन गरिनेछ भने त्यसपछि मुग्लिन र तल त्रिवेणीधामसम्म लैजान थप अध्ययन गरिने निर्माण पक्षले जनाएको छ ।

‘मिनी पानीजहाज’मा १५ जना क्यू मेम्बर हुनेछन् भने एकै पटक दुईसय जनाले यात्रा गर्न सक्ने छन् । पानी जहाजको दुबै तलमा सयसय जना अटाउनेछन् । मिनी पानीजहाज एक सय फिट लम्वाई र २५ फिट चौडाईको हुनेछ, जसको माथिल्लो तलालाई दृश्यावलोकन गर्न सकिने गरी बनाइने बताइएको छ ।

‘मिनी पानीजहाज’लाई दिनमा तीन सिफ्ट चलाउने योजना छ । भरतपुर महानगरपालिका वडा नः १६ काप्रेघाटलाई मुख्य केन्द्र बनाएर देवघाटदेखि गोलाघाटसम्मको क्रुजिङ करीव तीन घण्टाको हुनेछ । कम्पनीका प्रवन्ध निर्देशक कँडेलले भने, ‘नेपालको जल पर्यटनमा यो एउटा कोशेढुंगा सावित हुनेछ भन्ने विश्वास छ ।’

बषर्ाको तीन महिना भने ‘मिनी पानीजहाज’ बन्द गरिनेछ ।

सिंगापुर र भारतबाट आएका प्राविधिकहरुले पुसदेखि पानीको गहिराईबारे अध्ययन गरेका थिए । ‘नारायणी नदीमा पुषको बेलामा सबैभन्दा कम पानीको सतह पुग्ने रहेछ, केही सिमित स्थानमा नदीको वहाव सुधार गरे सजिलैसँग नारायणीमा मिनी पानीजहाज चलाउन सकिने रहेछ’ प्रवन्ध निर्देशक कँडेलले भने ।

पानीजहाज सञ्चालन गर्ने स्थानमा नदी नियन्त्रण गर्न प्रदेश ३ सरकारले ९५ लाख रकम दिएर निर्माण गरेको छ ।

‘मिनी पानीजहाज’सँगै रिर्सोट पनि

राइनो वाटरलले ‘मिनी पानीजहाज’सँगै रिर्सोट पनि सञ्चालन गर्नेछ । यसका लागि पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार सञ्चालन स्वीकृति लिएको छ भने रिसोर्टका लागि ज्ञानेश्वर सामुदायिक वनसँग २० बर्षका लागि जग्गा भाडामा लिएको छ । त्यहाँ ‘सी’ रिर्सोट निर्माण हुनेछ ।

रिर्सोटसहित झण्डै ३५ करोडको लागत अनुमान गरिएको प्रवन्ध निर्देशक कँडेलले बताए ।

ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले डेढ विगाहा जग्गा बार्षिक तीन लाख पचास हजार भाडा लिने गरी लिजमा दिएको जानकारी दिए । ‘काठ दाउरा मात्रै बेचेर कहिल्यै उभो लाग्दैन’ अध्यक्ष अधिकारीले भने ‘नेपाली युवाहरुले नै केही गर्छु भनेर आएपछि ‘सिपोर्ट’ चलाउन दिने निर्णय भएको हो ।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?