Comments Add Comment

एसिडिटी ? चिन्ता छाड्नुहोस्

हामीले खाइरहने खानाले पनि हाम्रो पेटमा कहिले काहीँ ग्यास (एसिडिटी) पैदा गराउन सक्छ । केही खानेकुरा खाइसकेपछि एसिडिटी बढ्ने समस्या हामीले बेला-बेलामा भोगिरहन्छौं । कहिलेकाहिं स्वस्थ खानाले समेत एसिडिटी बढाएर हैरान बनाउँछ ।

यद्यपि, हामीले खाना पकाउने बेलामा नै केही सावधानी अपनाऔं भने हामीले खाने स्वस्थ खानाबाट हुने एसिडिटीबाट बच्न सकिन्छ ।

दाल

प्रोटिनले भरिपूर्ण तथा बिरामीलाई समेत उपयुक्त मानिने दालले समेत हामीलाई कहिले काहीँ  एसिडिटी गराउँछ । गर्भवतीलाई समेत उपयुक्त मानिने दालले यदि एसिडिटी बढाउयो भने दाल पकाउनुभन्दा केही समयअघि नै त्यसलाई पानीमा भिजाउनु पर्छ । पानीमा भिजाएको दालले एसिडिटी बढाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

राजमा/सिमी

तरकारीको रुपमा खान सकिने राजमामा प्रसस्तमात्रामा प्राटिन पाइन्छ । यो तरकारीमा फाइकर तथा एन्टि अक्सिडेन्ट पनि उत्तिकै हुन्छ । कलेजोका बिरामीका लागि अति नै उपयोगी यो तरकारी स्वस्थ व्यक्तिका लागि पनि उत्तिकै फाइदाजनक छ ।

तर, यही तरकारीले कतिपयलाई एसिडिटी पनि भैरहेको हुन्छ । यदि तपाईंलाई पनि राजमा अथवा सिमी खाँदा एसिडिटीको समस्या भने यो तरकारी पकाउनुभन्दा अघि राती भरी भिजाएर राख्नु पर्छ । यसरी पकाइएको राजमा सजिलै पच्छ र यसले एसिडिटी हुन दिँदैन ।

ब्रोकाउली

स्वास्थ्यका दृष्टिकोणले ब्रोकाउली अति नै फाइदाजनक तरकारी हो । ब्रोकाइलीमा प्रसस्त मात्रमा भिटामिन हुनका सथै यसमा मिनरल तथा आइरन पनि उत्तिकै मात्रामा पाउन सकिन्छ । यद्यपि, कसै-कसैलाई ब्रोकाउली खाँदा एसिडिटीको समस्या देखिन सक्छ । यदि तपाईंलाई एसिडिटीको समस्या छ भने ब्रोकाउलीलाई सलादको रुपमा नखाँदा राम्रो हुन्छ । यदि खानै परेमा ब्रोकाइलीलाई उसिनेर खान सक्नु हुन्छ । अथवा राम्ररी पकाएर खाँदा पनि एसिडिटीको समस्याबाट बच्न सक्नु हुनेछ ।

फूलकोबी (काउली)

प्राय जाडो मौसममा पाइने फूलकोबी अर्थात काउली अचेल बाह्रै महिना पाउन थालिएको छ । यो तरकारी पनि पौष्टिकताले भरिपूर्ण हुन्छ । यद्यपि, यसले पनि कसै-कसैलाई एसिडिटी हुन सक्छ । काउली फकाउने क्रममा फूल पाके पनि यसको डाँठ नपाक्न सक्छ । त्यही नपाकेको डाँठले नै एसिडिटी बढाउँछ ।

त्यसैले सकेसम्म काँचो काउली सेवन गर्नबाट बच्नु पर्छ । सलादको रुपमा प्रयोग गर्नु छ भने उसिन्न सक्नु हुनेछ । यसबाहेक राम्ररी पाकेको काउलीले पनि एसिडिटी गराउँदैन ।

लसुन

स्वास्थ्यका लागि अति नै उपयोगी मानिन्छ लसून । यसलाई हामी पकाएर अथवा काँचै पनि खान सक्छौं । यसको सेवनले क्यान्सर लगायत थुप्रै रोगबाट छुटकारा पाइन्छ भन्ने आम मान्यता छ । यद्यपि, लसुनको सेवन कतिपयलाई एसिडिटी बढाउने कारण बन्न पुग्छ । यदि तपाईंलाई एसिडिटी छ भने काँचो लसून खानु हुँदैन । तरकारी अथवा दालमा पकाएर खाँदा एसिडिटी बढ्दैन ।

प्याज

लसुन झैं प्याज पनि बहुउपयोगी तरकारी हो । प्याजलाई हरेक तरकारीमा मिसाएर पकाउन सकिन्छ, काँचै पनि खान सकिन्छ । यसमा पनि रोग प्रतिरोधात्मक क्षमता पाइन्छ । कसै-कसैलाई काँचो प्यासले एसिडिटी बढाउन सक्छ । त्यसैले तरकारीमा पकाएको प्याजमा सेवन गर्नु भयो भने एसिडिटीबाट बच्न सकिन्छ ।

दूध

बिहान खालि पेटमा दूध पिइयो भने एसिडिटी बढ्न भन्ने आम मान्यता छ । त्यसैले बिहान खालि पेटमा दूध नपिउनु नै उत्तम मानिन्छ । ब्रेकफाष्ट गरेपछि अथवा केही खाइसकेपछि मात्रै दुध खाँदा एसिडिटीको समस्या हुँदैन । दुधमा बेसार, अदुवा, मह अथजा चिनी मिसाएर पिउँदा पनि एसिडिटी नहुन सक्छ । खाना खाइसकेपछि दूध पिउने बानी छ भने त्यो दूधले तपाईंको ग्यास्ट्रिक पनि ठिक पार्न सक्छ ।

फलफूल

फलफूल जस्तो स्वस्थकर खानेकुरा अरु केही हुँदैन, तर कहिले काहीँ त्यही फलफूल पनि एसिडिटीका कारण बनिदिन्छ । कतिपय फलफूलमा सुगरको मात्र अत्यधिक हुने भएकाले पनि त्यस्ता फलफूल खाँदा हामीलाई एसिडिटी हुन सक्छ । त्यसैले स्याउ, अंगुर, केरा जस्ता सुगर बढि पाइने फलफूल एकै पटक धेरै मात्रामा खानु हुँदैन ।

पानी

पानीसंग सम्बन्धि पत्याउनै नसकिने एउटा तथ्य छ । पानी एक मात्र त्यस्तो पेय पदार्थ हो, जसको साइड इफेक्ट हुनै हुन्न । तर, यदि हामीले एकै पटक धेरै पानी पियौं भने हामीलाई त्यही पानीलै नै एसिडिटी बढाइदिन सक्छ । त्यसैले पानी पिउँदा एकै पटक एक-दुई लिटर होइन, एक-एक ग्लास गरेर पियौं भने त्यसले हाम्रो एसिडिटी बढाउनुका साटो घटाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment