Comments Add Comment

सुजल बमको अभिनयमा ‘झिमझिम परेली’ सार्वजनिक

सुजल बम कान सुन्दिनन् । उनी बोल्न पनि सक्दिनन् । तर, उनले एक गीतको भिडियोमा अभिनय गरेकी छिन् । सुजल अभिनीत ‘झिमझिम परेली’बोलको गीतका लागि उनको नाम ‘एभरेष्ट वल्र्ड रेकर्ड’मा लेखिएको छ । गीतकार डीआर उपाध्यायको शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सुजलले अभिनय गरेकी हुन् ।

बहिरा कलाकारले व्यवसायिक रुपमा अभिनय गरेको गीतको भिडियो विश्वमानै पहिलो भएको भन्दै ‘एभरेष्ट वल्र्ड रेकर्ड’ मा सुजलको नाम लेखिएको हो । उनलाई एभरेष्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । गीत कविता सिवाकोटीले गाएकी हुन् ।

यो भिडियोको निर्देशन बसन्त सापकोटाले गरेका हुन् । म्यूजिक भिडियोमा माइकल चन्दको नृत्य निर्देशन, अर्जुन सापकोटाको छाया“कन, सिलोन लम्सालको सम्पादन छ । गीतको म्यूजिक भिडियोमा कलाकार बमलाई नारायण आचार्य ‘ह्याप्पी’ले अभिनयमा साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment