Comments Add Comment

एनआईसी एशिया डिबेन्चर २०८३/८४ निष्काशन

५ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सोमबारको दिन ‘एन आई सी एशिया डिबेन्चर २०८३/८४’ विक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । १०.२५ प्रतिशत वाषिर्क ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको उक्त ऋणपत्रको व्याज अर्धवाषिर्क रूपमा भुक्तानी गरिनेे र ऋणपत्रको अवधि ७ वर्षको हुने छ ।

ऋणपत्रको निष्काशन रकम रु. ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ ।
रु. ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिनेछ ।

बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति २०७६/०४/०९ देखि सर्वसाधारणको लागि विक्री खुला भई छिटोमा साउन ९ तथा ढिलोमा भदौ ३ सम्म विक्री खुल्ला रहने छ ।

उक्त ऋणपत्रलाइ केयर रेटिङ नेपाल लिमिटेडबाट लो क्रेडिट रिस्क जनाउने ‘केयर एनपी-ए’ ग्रेडिङ्गका साथै, इक्रा नेपाल लिमिटेडबाट “[ICRANP-IR] A- ”  (ए माइनस) (ICRA NP Issuer Rating A Minus) साथै केयर रेटिङबाट लिमिटेडबाट “CARE-NP A (IS)” ग्रेडिङ्ग प्रदान गरिएको छ ।

उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि एक महत्वपूर्ण कडि हुने विश्वास बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment