Comments Add Comment

हिंसा नछाडेसम्म विप्लव समूहसँग वार्ता हुन्न : मन्त्री पोखरेल

६ साउन, विराटनगर । रक्षामन्त्री ईश्वर पोखरेलले हिंसात्मक गतिविधि नछाडेसम्म नेकपा विप्लव समूहसँग वार्ता नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै रक्षामन्त्री पोखरेलले हतियार र हिसात्मक गतिविधि त्याग्नुपर्ने बताएका हुन् ।

‘विप्लव समूहले हिंसात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । यस्तो अबस्थामा वार्ताको कुनै सम्भावना रहँदैन’, उनले भनेका छन् ।

सरकारले विभिन्न राजनितिक समूहसँग वार्ता गर्न बनाएको टोलीले औपचारिक कुराकानी गरेको भए त्यसबारे सरकारलाई जानकारी नभएको उनले बताए ।

सरकारले नै टिम बनाएको समाचारहरुमा आफूले पनि पढेेको भन्दै पोखरेलले त्यसलाई आफूहरुले हस्याैली र ठट्यौलीका रुपमा लिएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment