Comments Add Comment

नेपालको खराब ब्याटिङ, कतारलाई १२३ रनको लक्ष्य

७ साउन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १२२ रन मात्रै बनाएपछि कतारले सामान्य लक्ष्य पाएको हो ।

ओपनिङमा आएका कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । तर ५.६ ओभरमा कप्तान पारस ब्यक्तिगत २८ रनमा आउट भएपछि नेपालको विकेट पतन सुरु भयो । दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र २३ रनमा आउट हुँदा नेपालको स्कोर ५८ रन थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उकास्न खोजेका थिए । उनले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, सोमपाल कामीले ११ र सन्दीप लामिछानेले ९ रन बनाउनबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment