+

सन्यास दिने लासिथ मालिंगाको घोषणा

२०७६ साउन  ७ गते १२:५४ २०७६ साउन ७ गते १२:५४
सन्यास दिने लासिथ मालिंगाको घोषणा

७ साउन, काठमाडौं । श्रीलंकाली बलर लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन् ।

पर्सि कोलम्बोमा हुने बंगलादेशविरुद्धको पहिलो एकदिवसीय मालिंगाको अन्तिम खेल हुनेछ । यसले श्रीलंकालाई विकेट लिने बलरको पहिचान गर्ने अवसर हुने कप्तान दिमुथ करुणारत्नेले बताएका छन् ।

‘हाम्रो समस्या विकेट लिने बलरको पहिचान गर्नु हो’ उनले भने, ‘हामीले त्यस्तो बलर खोज्नुपर्छ, जसले सुरुवाती ओभरमा नै विकेट लिन सकोस् ।’

इंग्ल्याण्डमा भएको विश्वकप क्रिकेटमा मालिंगाले सात खेलमा १३ विकेट लिएका थिए । श्रीलंकाका अर्का बलर इसुरु उडानाले समान खेलमा ६ विकेट लिए ।

नुवान प्रदीपले तीन खेलमा ५ विकेट लिए, जसलाई मालिंगाको विकल्पका रुपमा हेरिएको थियो ।

तरलगातारको चोटले उनलाई सताएको छ । श्रीलंकाका कप्तान करुणारत्नेले भने, ‘आगामी विश्वकपका लागि हामीले युवा प्रतिभालाई अगाडि बढाउनुपर्छ ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय