+
+
Shares

बालकमाथि यौन दुराचारको आरोपमा प्याराग्लाइडर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १९:२५

७ साउन, पोखरा । बालबालिकामाथि यौन दुराचार गरेको आरोपमा मंगलबार पोखरामा १ जना विदेशी नागरिक पक्राउ परेका छन् । अस्ट्रेलियाका ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यान पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

कार्कीले प्रहरी केन्द्रीय अनुन्धान ब्युरो (सिआइबी) र कास्की प्रहरीले थोमस बस्दै आएको डिहिकोपाटनमा रहेको एक घरमा अनुसन्धान गर्न पुग्दा २ बालकसहित फेला परेको जानकारी दिए । कामदार भिसामा नेपाल आएका उनी प्याराग्लाइडर हुन् ।

बालबालिकामाथि यौन दुराचार गरेको सूचनाका आधारमा सीआईबी टोली थोमससम्म पुगेको कास्की प्रहरीले जनाएको छ । उनीसँग फेला परेका २ बालकको उमेर १४ वर्षभन्दा कम रहेको कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?