+
+

गर्मीमा फलफूलले पनि बढाउँछ तपाईंको सौन्दर्य

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते ९:००

त्यसै पनि फलफूल हाम्रो स्वास्थका लागि अति नै उपयोगी मानिन्छ । त्यसैले त हामी बिहान ब्रेकफाष्टदेखि रातीको डिनरसम्म कुनै न कुनै फलफूल खाइरहेकै हुन्छन् । फलफूलको पनि आफ्नै सिजन हुन्छ । यतिबेला बजारमा आँपको लहर चलेको छ ।

जताततै आँप उपलब्ध छन् । तरबुजा (खरबुजा) पनि अहिले बजारमा सहजै उपलब्ध हुन्छ । अनार, स्याउ, केरा, मेवा जस्ता फलफूल त बाह्रै महिना बजारमा किन्न पाइन्छ । कुनै कुनै पसलमा त अहिले पनि सुन्तला बेच्न राखिएको देखिन्छ । अंगुर भने अहिले बजारमा उपलब्ध छैन । अर्को शब्दमा भन्नु पर्दा हामी आज आफूलाई मन परेको फलफूल सहजै किनेर उपभोग गर्न सक्छौं । अहिलेको गर्मी मौसममा त फलफूलको अझै बढि महत्व हुन्छ ।

अधिकांश फलफूलले शितलता प्रदान गर्ने भएकाले पनि हामी यो मौसममा अरु बेलाको तुलनामा अलि बढि नै फलफूल सेवन गर्छौं । गर्मीमा शरीरलाई शितलता प्रदान गर्ने फलफूलले तपाईंको स्वास्थ तथा सौन्दर्यलाई समेत बढाइरहेको हुन्छ भन्ने कुरातर्फ तपाईंले ध्यान दिनु भएकै हुन्न । फूलफूल स्वास्थवर्द्धक खाद्य पदार्थ त हो नै, यसको नियमित सेवनले तपाईंको सौन्दर्यमा पनि निखार आउँछ भन्ने कुरा पनि बुझिराख्नु पर्छ । कुन फूलफूलले तपाईंलाई कस्तो फाइदा पुर्‍याउँछ त ?

आँप

अहिले बजारमा सर्वत्र उपलब्ध भएको फलफूल हो आँप । आँपलाई त्यसै पनि फलहरुको राजा मानिन्छ, किनभने यो अति नै स्वादिष्ट हुन्छ । आँपमा भिटामिन ए को मात्रा अत्यधिक हुन्छ, जुन आँखा र छालाका लागि अति नै उपयोगी मानिन्छ ।

आँपले हाम्रो छालाको सौन्दर्य बढाउन प्रभावकारी भूमिका निर्वाह गरिरहेको हुन्छ । आँपलाई सौन्दर्य बढाउनका लागि पनि प्रयोग गर्न सकिन्छ । यसका लागि आँपको गुदीमा एक चम्चा मह, एक चम्चा दही तथा थोरै बेसार मिसाउनु पर्छ । उक्त मिश्रणलाई आफ्नो अनुहारमा हल्का हातले लगाउनु पर्छ । करिव १५ मिनेटपछि सफा पानीले अनुहार धुनु भयो भने तपाईंले आफ्नै अनुहारमा विशेष प्रकारको ताजापन पाउनु हुनेछ ।

केरा

बजारमा हरेक महिना उपलब्ध हुने एउटा प्रमुख फलफूल हो केरा । यो स्वास्थवर्द्धक फलफूल पनि हो । ग्याष्ट्रिदेखि कब्जियतसम्मका समस्यालाई केराले समाधान गरिदिन्छ । बजारमा विभिन्न जातका केराहरु पाइन्छन् । ती मध्ये मालभोग केरा विशेष मानिन्छ ।

केराले हाम्रो स्वास्थलाई राम्रो बनाउने त छँदैछ, यसले हाम्रो सुन्दरता बढाउनमा समेत सहयोग पुर्‍याइरहेको हुन्छ । केराले छालाको चमक बढाउँछ । पाकेको केरामा थोरै मह मिसाएर अनुहार तथा घाँटीमा केही मिनेटसम्म मजास गरेर केही मिनेट त्यसै छाडेपछि सफा पानीले अनुहार र घाँटी धुनु पर्छ । यो कार्यले तपाईंको अनुहारमा भएका ब्ल्याक हेड्सहरु हट्नुका साथै घाँटी पनि सफा हुन्छ ।

मेवा

मेवा पनि बाह्रै महिना बजारमा पाउन सकिने एउटा फलफूल हो । यो पनि स्वास्थका लागि अति नै उपयोग छ । बिरामीहरुलाई समेत चिकित्सकहरुले मेवा नै खाने सल्लाह दिइरहेका हुन्छन् । यसले हामीलाई भित्रैदेखि शितलता प्रदान गर्ने भएकाले ग्याट्रिकका रोगीहरुलाई त यो अति नै उपयोगी मानिन्छ । स्वास्थ राम्रो बनाउन मेवा सौन्दर्य बढाउन समेत प्रयोग गरिन्छ ।

हरेक दिन मेवा सेवन गर्नाले अनुहारको चाउरीपनमा सुधार आउँछ । यसबाहेक अनुहारको चमक बढाउन समेत मेवालाई प्रयोग गर्न सकिन्छ । पाकेको मेवामा एक चम्चा मह तथा एक चम्चा मुलतानी माटो मिसाएर अनुहारमा लगाउनु पर्छ । करिव १५ मिनेटपछि अनुहार धुनु पर्छ । यसले तपाईंको अनुहारमा विशेष प्रकारको आकर्षण देखिन्छ भने चाउरीपना समेत हटेर जान्छ ।

नरिवल/नरिवल पानी

बजारमा सहजै उपलब्ध हुने नरिवलमा पनि विशेष प्रकारको भिटामिन पाउन सकिन्छ । नरिवलमा एक प्रकारको पोषण तत्व पनि पाइन्छ । नरिवल भित्र हुने पानी पनि उत्तिकै शक्तिवर्द्धक  हुन्छ । नरिवल पानीको सेवनले शरीरले शितलता प्राप्त गर्छ ।

उक्त पानीमा भिटाइन ई पाइन्छ, जसले छालाको सुन्तरता बढाउन सहयोग पुर्‍याउँछ । यसबाहेक नरिवल पानीले अनुहार धोएमा हाम्रो अनुहार सफा, चम्किलो तथा उज्यालो देखिन्छ । कसै-कसैले नरिवल पानीमा मुल्तानी माटो मिसाएर समेत अनुहारमा लगाउने गर्छन् । यसले अनुहारलाई अझ बढि फाइदा हुने सौन्दर्यकर्मीहरुको भनाइ छ ।

खरबुजा

प्रँयः गर्मी मौसममा मात्र पाइने यो फलफूलमा पानीको मात्र अत्यधिक हुन्छ । पानीको मात्र बढि हुने भएकाले यसले हाम्रो शरीरलाई शितलता प्रदान गर्छ । स्वास्थका लागि समेत यो उत्तिकै उपयोगी मानिन्छ । त्यसो त सौन्दर्य बढाउन पनि खरबुजाको प्रयोग गर्न थालिएको छ । केही चम्चा खरबुजाको रातो भागमा थोरै मुल्तानी माटो मिसाएर अनुहार मसाज गरेर केही मिनेटपछि सफा पानीले धुनु पर्छ । यसो गर्दा हाम्रो अनुहार चम्किलो देखिन्छ ।

अंगुर

प्रायः जाडो मौसममा मात्र उपलब्ध हुने अंगुर स्वास्थवर्द्ध फलफूल हो । अंगुरले हाम्रो पाचन शक्ति बढाउँछ । सौन्दर्य बढाउन समेत यसको प्रयोग गरिन्छ । अंगुरको सेवनले छालाको चमक बढ्ने सौन्दर्यकर्मीहरुको दावी छ । त्यसो त अंगुरलाई मुल्तानी माटोमा मिसाएर अनुहारमा लगाउने र करिव आधा घण्टापछि सफा पानीले धुनाले छाला निकै सफा हुने उनीहरुको भनाइ छ ।

सुन्तला

जाडो महिनामा सर्वत्र उपलब्ध हुने सुन्तला पनि स्वास्थवर्द्धक फलफूल हो । यसमा विभिन्न प्रकारका भिटामिनहरु पाउन सकिन्छ । सौन्दर्यको दृष्टिकोणले पनि सुन्तला निकै उपयोगी मानिन्छ । खासगरी छालाको सौन्दर्य बढाउनका लागि सुन्तला विशेष मानिन्छ । सुन्तलाको केस्रालाई फुटाएर अनुहारमा मजाले दल्नु पर्छ, हाम्रो छाला सफा हुने मात्र होइन मुलायम र स्वच्छ पनि देखिन्छ ।

कागती

कागती पनि प्रायः हरेक मौसममा पाइने फलफूल हो । हामी खाना खाने क्रममा समेत कागतीको रसलाई दाल अथवा तरकारीमा राख्ने गर्छौं । यसले खानेकुराको मिठास बढाउने मान्यता छ । गर्मीमा कागती पानी पिउनु पनि स्वस्थवर्द्धक नै मानिन्छ ।

यसबाहेक कागतीको प्रयोग सौन्दर्य बढाउन समेत गरिन्छ । अनुहारको छालालाई आकर्षक बनाउनका लागि कागतीको रस उपयोगी मानिन्छ । कागतीको रसले अनुहार सफा गर्दा नै हामीले फाइदा पाउन सक्छौं । यदि तपाईले चाहानु भयो भने कागतीको रसमा मुल्तानी माटो, मह, दही, बेसन आदि मिसाएर समेत अनुहारमा लगाउन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?