
८ साउन, काठमाडौं । चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक हुने भएको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले बुधबार अपराह्न ४ बजे र्याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए ।
‘हाम्रो सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेको छ’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘साँझ ४ बजे सार्वजनिक हुने पक्का भइसक्यो ।’
राष्ट्र बैंकले असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको थियो । तर, यसका लागि आवश्यक बोर्ड बैठक बस्न नसक्दा ढिलाइ भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4