+
+

सुवासको ‘नन्दुलाल’मा खगेन्द्र फाइनल

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १२:३८

चलचित्र ‘कृ’ निर्माणपछि केही समय सुस्ताएका निर्माता सुवास गिरी नयाँ चलचित्र निर्माणमा लागेका छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको वर्किङ टाइटल ‘नन्दुलाल’ राखिएको छ । यो चलचित्रको शिर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछानेले काम गर्दैछन् । खगेन्द्रले नै यो चलचित्रको कथा लेखिरहेका छन् ।

चलचित्रको बिषयमा सुवासले भने–‘हो, हामी नयाँ चलचित्रको कथामा काम गरिरहेका छौ । यसपटक सामाजिक बिषयवस्तुमा चलचित्र बनाउने तयारी सुवास इन्टरटेन्मेन्टले गरेको छ ।’ चलचित्रको निर्देशन आफै गर्ने सोच उनले बनाएका छन् । ‘सामाजिक कथा भएकाले आफैले चलचित्र निर्देशन गर्ने सोच बनाएको छु, तर फाइनल भने भैसकेको छैन’, सुवास सुनिए ।

चलचित्रको छायांकन माघबाट सुरु गर्ने उनको योजना छ । सुवासले बनाएका ‘नोभेम्बर रेन, क्लासिक, पर्व, कृ’ जस्ता चलचित्र चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?